Logo

७३ लाखको कारोवार गर्दै सकियो फ्लोरा एक्स्पो, ६६ हजारले गरे अवलोकन

७३ लाखको कारोवार गर्दै सकियो फ्लोरा एक्स्पो, ६६ हजारले गरे अवलोकन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो ७३ लाख बराबरको कारोवार गर्दै आइतवार सम्पन्न भएको छ । एक्स्पोमा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउ विजन, ग्रीन हाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी र विषादीका प्रदर्शनी तथा विक्री कक्ष राखिएको थियो । नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा बिहिबार बाट सुरु भएको हो ।

एक्स्पोमा अपेक्षा अनुसारको कारोबार भएको फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्षकुमार कसजु श्रेष्ठले जानकारी दिए । मेलामा फ्लोरिकल्चर ब्यबशायमा प्रयोगमा आएका अन्तर्राट्रिय प्रबिधीका बारेमा पनि अबलोकनकर्ताले जानकारी पाएको उनले बताए।

मेला अबधीभर ६६ हजार बढी अबलोकनकर्ता र फूल पारखी मेला अबलोकनका लागि आएको आयोजकले जानकारी दिएको छ । फ्यानका कार्यक्रम संयोजक जेबि तामाङले अघिल्लो बर्षहरुमा भएका मेलामा भन्दा यस बर्ष फूल तथा बोटबिरुवा खरिद गर्नेहरु धेरै रहेको जानकारी दिए ।

एक्स्पोको पहिलो दिन ९ लाख १६ हजार, दोस्रो दिन १६ लाख १९ हजार, शनिबार २५ लाख ७१ हजार र मेलाको अन्तिम दिन आइतबार १९ लाख ६८ हजार बढीको कारोबार भएको फ्लोरिकल्चर एशोसिएशन नेपालका महासचिब मिन बहादुर तामाङले जानकारी दिए ।

प्रबिधी बिस्तारका लागि भारत, बंगलादेश, श्रीलंका, चीन र दक्षिण कोरिया लगायत मुलुकबाट पुष्प व्यवसायीहरुलाइ मेलामा सहभागी गराइएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL