Logo

पेरिस र सिंगापुरलाई पछि पार्दै तेल अभिव बन्यो विश्वमा सबैभन्दा महंगो शहर

पेरिस र सिंगापुरलाई पछि पार्दै तेल अभिव बन्यो विश्वमा सबैभन्दा महंगो शहर



काठमाडौं । इजरायली शहर तेल अभिभ विश्वकै सबैभन्दा महँगो शहर साबित भएको छ । इकोनोमिष्ट इन्टेलिजेन्स युनिट (इआइयू) ले गरेको एउटा सर्वेक्षणमा तेल अभिभ बस्नका लागि विश्वकै सबैभन्दा महँगो शहर बनेको हो । महंगीका दृष्टिले तेल अभिभ पहिलो पटक विश्वको पहिलो स्थानमा पुग्न सफल भएको हो ।

इजरायलको राष्ट्रिय मुद्रा शेकेल डलरभन्दा शक्तिशाली देखिएको सर्वेक्षणमा जनाइएको छ । त्यहाँ यातायात र खाद्यन्नको मूल्य पनि अन्य शहरको तुलनामा बढी देखिएको जनाइएको छ ।

त्यस्तै, पेरिस र सिंगापुर दुबै शहर दोस्रो स्थानमा छन् भने जुरिच र हङकङ क्रमशः चौथो र पाँचौ स्थानमा छन् । त्यसैगरी, न्युयोर्क र जेनेभा क्रमशस् छैटौ र सातौं स्थानमा परेका छन् । त्यस्तै, कोपनहेगन आठौ, लस एन्जेलस नवौं र जापानको ओसाका दशौँ स्थानमा परेका छन् ।

त्यस्तै नर्वेको ओस्लो, दक्षिण कोरियाको सोल, जापानको टोकियो, अस्ट्रियाको भियना, अस्ट्रेलियाको सिड्नी, मेलबर्न, फिनल्याण्डको हेल्सिनकि, बेलायतको लन्डन, आयरल्याण्डको डब्लिन, जर्मनीको फ्र्यांकफर्ट र चीनको संघाई महंगा शहरको सूचीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL