Logo

महिनौंदेखि हराएका चिनियाँ खर्बपति ज्याक मा सार्वजनिक, मा सार्वजनिक भएलगत्तै ह्वात्तै बढ्यो कम्पनीको सेयर मूल्य

महिनौंदेखि हराएका चिनियाँ खर्बपति ज्याक मा सार्वजनिक, मा सार्वजनिक भएलगत्तै ह्वात्तै बढ्यो कम्पनीको सेयर मूल्य



काठमाडौं । गायव भएका भनिएका अलिबाबा कम्पनीका संस्थापक ज्याक मा युन महिनौंपछि मिडियामा देखिएका छन् । गतवर्ष नोभेम्बरको सुरुवातबाट उनी सार्वजनिक रुपमा देखिएका थिएनन् ।

laxmi

आफ्नो च्यारीटी फाउन्डेसनको एक अभियानका लागि भिडियो लिंकमार्फत ग्रामीण क्षेत्रका विद्यालयमा काम गरेका शिक्षकहरुसँग उनले कुराकानी गरेका छन् । अलिबाबा कम्पनी सुरु गर्नु अघि उनी अंग्रेजी शिक्षक थिए ।

चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले ज्याक मा को भिडियो पोस्ट गरेको छ । वित्तिय नियामक संस्थाहरूले अलिबाबा कम्पनीका विषयमा जाँच सुरु गरेपछि अलिबाबा मिडियामा देखिएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

सीएनएनका अनुसार ज्याक माको भिडियो सार्वजनिक हुनेबित्तिकै हङकङ स्टक एक्स्चेन्जको सूचीमा रहेको उनको कम्पनीको सेयर मूल्य पाँच प्रतिशतसम्म बढेको छ । गतवर्ष अक्टोबरमा एन्ट ग्रुपको आईपीओ जारी गरेपछि उनले यो विश्वकै सबैभन्दा ठूलो आईपीओ भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL