Logo

कोरोना संक्रमण : विश्वमा संक्रमितको संख्या ६ करोड नाघ्यो, १४ लाख ३७ हजारभन्दा बढीले ज्यान गुमाएु (अपडेट)

कोरोना संक्रमण : विश्वमा संक्रमितको संख्या ६ करोड नाघ्यो, १४ लाख ३७ हजारभन्दा बढीले ज्यान गुमाएु (अपडेट)



काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या ६ करोड १३ लाख नाघेको छ भने १४ लाख ३७ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ६ करोड १३ लाख २ हजार ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १४ लाख ३७ हजार ६३५ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ४ करोड २३ लाख ९३ हजार १२३ जना कोरोना मुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ६९ हजार ५५५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या १ करोड ३२ लाख ४८ हजार ६७६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ८ हजार ६३ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार ३०६ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३५ हजार ७५२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ४९१ जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ४३ हजार १७४ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ९३ लाख ९ हजार ८७१ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ६२ लाख ४ हजार ५७० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६९८ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ७१ हजार ४९७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL