Logo

डब्लुएचओले भन्यो–कोरोनाविरुद्धको खोपले काम गर्ने कुनै ग्यारेन्टी छैन, सकारात्मक नतिजाको अपेक्षा गरौ

डब्लुएचओले भन्यो–कोरोनाविरुद्धको खोपले काम गर्ने कुनै ग्यारेन्टी छैन, सकारात्मक नतिजाको अपेक्षा गरौ



काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख डा टेड्रोस एड्हानोम गेहब्रेयसस अहिले विकास भइरहेको कोरोना भाइरसविरुद्धको खोपले काम गर्ने नगर्नेमा कुनै ग्यारेन्टी नरहेको बताएका छन् । मंगलबार डा टेड्रोसले विकास भइरहेका खोपले काम गर्नेमा अहिले भन्न नसकिने बताएका हुन्।

भर्चुअल प्रेस ब्रिफिङमा उनले कोरोना भाइरसविरुद्ध विकास चरणमा रहेका खोपले काम गर्ने वा नगर्नेमा कुनै ग्यारेन्टी नरहेको बताएका छन्। यद्यपि उनले खोप जति बढी स्वयंसेवकहरुमा टेष्ट गरिन्छ त्यति नै राम्रो र प्रभावकारी नतिजाको अपेक्षा गर्न सकिने बताए ।

उनले भने, ’कोभिड–१९विरुद्ध करिब २०० खोप हाल क्लिनिकल र प्रिक्लिनिकलको परिक्षण भइरहेका छन् । इतिहासमा गरिएका खोप विकासको कामले हामीलाई विकासका क्रममा रहेका खोपहरु केही सफल पनि हुन सक्छन् भने केहि असफल पनि हुनेछन् ।’

डब्लुएचओले विश्वव्यापी खोप गठबन्धन समूह गावी र सीईपीआईको समन्वयमा भविष्यमा कसरी अन्य देशहरुमा खोपको समानरुपमा वितरण गर्नेबारे सक्षम संयन्त्र बनाएको छ। स्वास्थ्य संगठन प्रमुखले कोभाक्स सुविधा एक संयन्त्र हो, जुन विश्वव्यापी रूपमा समन्वयित भूमिका खेल्न प्रभावी हुने बताए । साथै सबै मुलुकहरुलाई आग्रह गर्दै उनले कोरोना भाइरसको उपचार खोज्न सहकार्य हुनुपर्ने भन्दै प्रतिस्पर्धात्मक सोच विकास गर्न नहुने बताए ।

कोभाक्स सुविधाले महामारी नियन्त्रण गर्न, जीवन बचाउन र आर्थिक सुधार गर्न मद्दत पुर्याउँदै छ। डब्लुएचओका प्रमुखले कोरोना भाइरस खोपको खोजीमा सबै देशहरूलाई मिलेर काम गर्न आग्रह गरेका छन्। उनले खोप विकास गर्न मिलेर काम गर्नु सबै देशको हितमा रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL