Logo

पहिलोपटक कोरोना भाईरस विरुद्धको भ्याक्सिन सार्वजनिक गरिँदै, बुधबार सार्वजनिक हुने

पहिलोपटक कोरोना भाईरस विरुद्धको भ्याक्सिन सार्वजनिक गरिँदै, बुधबार सार्वजनिक हुने



काठमाडौं । विश्वमा पहिलोपटक भोली कोरोना विरुद्धको भ्याक्सिन सार्वजनिक गरिने भएको छ । बुधबार अगष्ट १२ मा उक्त भ्याक्सिन दर्ता गर्नको लागि पूर्ण तयारी अवस्थामा रहेको छ । रुसले विकास गरेको उक्त भ्याक्सिन दर्ता गर्नुभन्दा पहिले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यो भ्याक्सिनको विश्वसनीयतामा प्रश्न उठाइसकेको छ । यी प्रश्नको भ्याक्सिन विकासकर्ता वैज्ञानिक र रुसका अधिकारीहरुले जवाफ दिएका छन् ।

रुसको भ्याक्सिन ‘गाम–कोभिड–भ्याक ल्यो’लाई रुसको रक्षा मन्त्रालय र गेमालेया नेशनल सेन्टर फर रिसर्च अन इपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजीले मिलेर तयार गरेको हो । यो विश्वको पहिलो सफल भ्याक्सिन प्रमाणत हुने दावी गरिएको छ । सेप्टेम्बरबाट यसको उत्पादन गर्ने र अक्टोबरदेखि आम सर्वसाधारणलाई दिने तयारी भइरहेको छ ।

रुस सरकारले आफूहरु भ्याक्सिनको विकासक्रममा अन्य देशहरुभन्दा महिनौं अगाडि भएको दावी गरेको छ । यही महिना अन्तिम चरणको ठूलो स्तरमा तीन अरु ट्रायल गरिनेछन् ताकि भ्याक्सिनको अर्को टेस्ट गर्न सकियोस् । न्युज एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
MBL