Logo

कोरोनाको महामारी १८ महिनासम्म चल्न सक्ने, औषधिको अभाव हुने प्रक्षेपण

कोरोनाको महामारी १८ महिनासम्म चल्न सक्ने, औषधिको अभाव हुने प्रक्षेपण


सीएनएन
11.4k
Shares

काठमाडौं । हाल विश्वभर चलिरहेको कोरोना भाईरसको महामारी अझै १२ देखि १८ महिनासम्म चल्ने प्रक्षेपण गरिएको छ । अमेरिकाले हालै गरेको संघीय अवधारणामा कोरोनाको रोकथामका बारेमा बनाएको एक योजनापत्रमा अझै १८ महिनासम्म यसको महामारी रहिरहने उल्लेख गरिएका अन्तरराष्ट्रिय संचारमाध्यम सीएनएनले उल्लेख गरेको छ ।

अमेरिकाका विभिन्न सरकारी कार्यालयहरुले पनि कोरोनाका प्रकोप कहिलेसम्म रहिरहन्छ भन्न नसकिने उल्लेख गरिरहेका बेला भने हालको अवस्थालाई हेरेर अझै १८ महिनासम्म चल्ने प्रक्षेपण गरिएको हो ।

एक जनालाई लागेको भाईरस संक्रमण अर्काे व्यक्तिमा सजिलै सर्न सक्ने भएकाले यो लम्बिने प्रक्षेपण गरिएको हो । यसका वावजुद भविष्यमा व्यक्तिगत सुरक्षाका सामग्री, औषधिलगायतको कमि हुनसक्ने समेत प्रक्षेपण गरिएको छ ।

उक्त योजनापत्रमा औषधिमा कमि आएपछि विभिन्न देशहरुले भनेअनुसारको निर्णय लिन नसक्ने उल्लेख गरिएको छ । यस्तै खाद्य सामग्री, लत्ताकपडालगायतका बस्तुहरुमा पनि उल्लेख्य मात्रामा अभाव सिर्जना हुने उक्त योजनापत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL