Logo

कोरियाली नेता किम जोङको प्रस्ताव अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अस्वीकार, विना निष्कर्ष टुङ्गियो हनोई वार्ता

कोरियाली नेता किम जोङको प्रस्ताव अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अस्वीकार, विना निष्कर्ष टुङ्गियो हनोई वार्ता



हनोई । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भियतनामको हनोईमा जारी शिखर वार्ता कुनै लिखित सम्झौता बेगर सम्पन्न भएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले वार्तापछि आयोजित पत्रकार सम्मेलनमा अर्को शिखर वार्ताका लागि उत्तर कोरियाले राखेको प्रस्तावलाई अस्वीकार गरेको जानकारी दिए । निकै महत्वका साथ हेरिएको हनोई वार्तामा कुनै ठोस प्रगति हुन सकेन भने आणविक निःशस्त्रीकरण सम्बन्धी सम्झौता पनि भएन ।

उत्तर कोरियामाथी लागेका प्रतिबन्धहरु फुकुवा गर्न नेता किमले राखेको प्रस्तावलाई आफूले अस्वीकार गरेको पनि राष्ट्रपति ट्रम्पले बताए ।

तेस्रो शिखर वार्ताको सम्भावनाका बारेमा पत्रकारले सोधेको प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, ‘अहिल्यै त्यो सम्भव छैन, पछि के हुन्छ भन्न सकिन्न ।’ रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्