Logo

सन् २०२० पछि अमेरिकाले गुमाउनेछ विश्वकै ठूलो अर्थतन्त्रको हैसियत, चीन बन्दैछ ‘पावरफुल इकोनोमी’

सन् २०२० पछि अमेरिकाले गुमाउनेछ विश्वकै ठूलो अर्थतन्त्रको हैसियत, चीन बन्दैछ ‘पावरफुल इकोनोमी’



बेलायती बैंक स्टान्डर्ड चार्टर्डले गरेको हालै एक अध्ययनले संयुक्त राज्य अमेरिकाको सर्वशक्तिमा हैसियत कमजोर बन्ने तथ्य बाहिर ल्याएको छ । बैंकका अनुसार आउँदो बर्ष अमेरिकाले विश्वकै शक्तिशाली अर्थतन्त्रको आफ्नो परिचय मात्र गुमाउनेछैन, त्यसपछि उक्त हैसियतमा कहिल्यै फर्किनेछैन ।

बैंकले देशहरुको विनिमय दर, उर्जा खरिद प्रवृत्ति र न्युनतम कसल गार्हस्थ्य उत्पादनलाई आधार मानेर संकलन गरेको तथ्यांकले अमेरिकाको स्थान चीनले लिने तथ्य भेटाएको छ । उर्जा खरिदको प्रवृत्तिका आधारमा मात्रै चीन अहिले नै विश्वकै शक्तिशाली अर्थतन्त्र बनिसकेको बैंकले जनाएको छ । तर जीडीपीको सन्दर्भमा भने अमेरिका अझै समय चीनभन्दा अघि नै हुनेछ ।

अमेरिकाको हैसियत चीन पछि मात्र हुनेछ । बैंकका अनुसार सन् २०२० देखि २०३० सम्म औषत ६ देखि ८ प्रतिशतसम्मको आर्थिक वृद्धिदरले भारतले पनि अमेरिकी अर्थतन्त्रलाई पछि पार्नेछ ।

‘अहिलेका सुधारका प्रयास, जीएसटी तथा वित्तीय संकट कोड(आइबीसी)जस्ता कारणले सन् २०२०को दशकमा वृद्धिदर ७.८ प्रतिशत रहने र त्यसले भारतलाई सबल अर्थतन्त्रको सूचीमा अघि ल्याउनेछ’ बैंकले उल्लेख गरेको छ ।

सन् २०३० मा एसियाली जीडीपी सन् २०१८ को २८ प्रतिशतबाट बढेर विश्व अर्थतन्त्रको ३५ प्रतिशत हिस्सा राख्ने पनि बैंकले जनाएको छ । यो हिस्सा युरोजोनमा रहेका देशहरु र अमेरिकाको कुल मिलाएर बराबर हुन सक्नेछ ।

सन् २०३० सम्म विश्वका १० ठूला अर्थतन्त्रमध्ये ६ ओटा एसियाकै हुनेछ । यसले गर्दा पनि अमेरिकाले आफ्नो हैसियत गुमाएपछि फेरि सोही स्थानमा पुग्न नसक्ने बैंकको दाबी छ ।

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL