काठमाडौँ । कश्मीरमा पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु भएको छ । समाचार एजेन्सीहरू रोयटर्स र एएफपीले भारतीय सेनालाई उद्धृत गर्दै कश्मिरमा पाकिस्तानको आक्रमणमा तीन भारतीय नागरिकको मृत्यु भएको उल्लेख गरेका छन् ।
यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतीय आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको बताएका छन् ।
चौधरीले भारतले आक्रमणमा मस्जिदसहित धेरै ठाउँहरू लक्षित गरेको बताएका छन् । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले भारतीय आक्रमणप्रति प्रतिक्रिया जनाउदै पाकिस्तानसँग यसको जवाफ दिने पूर्ण अधिकार रहेको बताएका छन् ।