Logo

चीनको औद्योगिक मुनाफा १०.२ प्रतिशत बढ्यो, संयुक्त मुनाफा २८ प्रतिशतले उकालाे

चीनको औद्योगिक मुनाफा १०.२ प्रतिशत बढ्यो, संयुक्त मुनाफा २८ प्रतिशतले उकालाे



काठमाडों । चीनको प्रमुख औद्योगिक कम्पनीहरूको नाफा यस वर्षको पहिलो दुई महिनामा अघिल्लो बर्षको सोही अवधिको तुलनामा १०.२ प्रतिशतले बढेको बुधवार सार्वजनिक ‘नेसनल ब्युरो अफ स्ट्याटिस्टिक्स (एनबीएस)’ को तथ्याङ्कले देखाएको छ । तथ्याङ्कले सन् २०२३ मा दर्ता भएको २.३ प्रतिशतको गिरावटलाई उल्टाएको एनबीएसले जनाएको छ ।

laxmi

करिब २ करोड युआन २० लाख ८२ हजार (अमेरिकी डलर) को मुख्य वार्षिक व्यापार राजस्व भएका औद्योगिक कम्पनीको यस अवधिमा संयुक्त नाफा नौ खर्ब १४ अर्ब ६० लाख युआन पुगेको जनाइएको छ ।

एनबीएसद्वारा अनुगमन गरिएका ४१ वटा औद्योगिक वर्गीकरणमध्ये २९ वटाको नाफामा वृद्धि भएको छ । उपकरण निर्माण क्षेत्रको नाफा जनवरीदेखि फेबु्रअरीको अवधिमा तीव्र गतिमा बढ्दै गएको तथ्याङ्कले देखाएको छ । यस क्षेत्रको संयुक्त मुनाफा वर्षमा २८.९ प्रतिशतले बढेको छ । जुन अघिल्लो वर्षको वृद्धि दरको तुलनामा २४.८ प्रतिशत बढी हो ।

यस वृद्धिले देशको औद्योगिक नाफामा ६.७ प्रतिशत योगदान गरेको छ । जसले उपकरण निर्माण क्षेत्रलाई सबैभन्दा ठूलो योगदानकर्ता बनाएको एनबीएसले जनाएको छ ।

देश र विदेश दुबै क्षेत्रबाट मागमा वृद्धि भएको उपभोग्य वस्तु निर्माण उद्योगका लागि नाफाले वर्षको पहिलो दुई महिनामा द्रूत तथा अपेक्षाकृत वृद्धि रेकर्ड गरेको छ ।

गत वर्ष दर्ता गरिएको १.१ प्रतिशतको गिरावटलाई उल्ट्याउँदै यस अवधिमा उद्योगको नाफा १२.९ प्रतिशतले बढेको हो ।

प्रमुख औद्योगिक उद्यमहरूको संयुक्त परिचालन राजस्व वर्षमा ४.५ प्रतिशतले वृद्धि भएको छ । जुन अघिल्लो वर्षको वार्षिक राजस्व वृद्धिको तुलनामा ३.४ प्रतिशतले बढी हो ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL