Logo

चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको हृदयाघातबाट निधन

चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको हृदयाघातबाट निधन



काठमाडौँ । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । शुक्रबार बिहान सांघाईमा हृदयाघातको कारण उनको निधन भएको चिनियाँ सञ्चार माध्यमले नजाएका छन् ।

laxmi

६८ वर्षीय ली चिनियाँ कम्युनिस्ट पार्टीको १७ औं, १८औं र १९औं केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समिति सदस्य समेत थिए । लीलाई बिहीबार अचानक हृदयाघात भएपछि स्थानीय अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा स्थानीय समय अनुसार गए राति १२ः१० उनको मृत्यु भएको हो ।

सन् २०१२ मा भएको चिनियाँ कम्युनिस्ट पार्टीको १७औं महाधिवेशनबाट महासचिव चयन भएसँगै सी चिनफिङ बेइजिङको मुख्य नेतृत्पवमा उदाएका थिए । सीले आफू राष्ट्रपति भएसँग लीलाई प्रधानमन्त्रीको जिम्मेवारी दिएका थिए । सी दुई कार्यकाल राष्ट्रपति रहँदा ली पनि दुई कार्यकाल नै प्रधानमन्त्री रहे ।

सन् २०२२ मा भएको पार्टीको २०औँ महाधिवेशनबाट महासचिवमा निरन्तर रहेसँगै सीको तेस्रो कार्यकाल सुरु भयो। ली भने पार्टीको स्थायी समिति र प्रधानमन्त्रीबाट विदा भए । पार्टीको शक्तिशाली स्थायी समितिमा सीपछि दोस्रो नम्बरमा आएका ली चिङ प्रधानमन्त्री बने । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL