Logo

यूनाइटेड इन्स्योरेन्सको २६औं साधारण सभा सम्पन्न, शेयर स्वामित्व संरचना परिवर्तन प्रस्ताव पारित

यूनाइटेड इन्स्योरेन्सको २६औं साधारण सभा सम्पन्न, शेयर स्वामित्व संरचना परिवर्तन प्रस्ताव पारित



काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको २६औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । साधारण सभा ललितपुरस्थित होटल हिमालयमा सम्पन्न भएको हो ।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६को लेखा परीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०७६ साल मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचीहरु पारित गरिएको कम्पनीले जनाएको छ ।

यस्तै कम्पनीले आव ०७६/७७ का लागि बाह्य लेखा परिक्षकको रुपमा मदन निरौलालाई नियुक्त गरेको छ भने विशेष प्रस्तावअन्तर्गत बीमा समितिको स्वीकृतिबमोजिम संस्थापक समूह र सर्व–साधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णयसमेत सर्वसहमतिले पारित गरेको छ ।

कम्पनीको आव ०७७७८ को वित्तीय विवरणअनुसार कूल बीमा शुल्क आम्दानी ४८,८०,३३,४४५ रहेको छ भने खुद बीमा शुल्क आम्दानी २३,०७,५२,४२६ रहेकोमा खुद नाफा  २,२२,१२,१०२ रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL