Logo

नेपाल लाईफको साधारणसभाले पारित गर्यो ४८ प्रतिशत बोनस, अधिकृत पूँजी १० अर्ब पुर्याउने निर्णय

नेपाल लाईफको साधारणसभाले पारित गर्यो ४८ प्रतिशत बोनस, अधिकृत पूँजी १० अर्ब पुर्याउने निर्णय



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना लगानीकताईलाई ४८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

आज भएको कम्पनीको बार्षिक साधारणसाभाले यस अघि प्रस्ताव गरिएको लाभांस वितरण प्रस्ताव पारित गरिएको कम्पनीका संचालक कमलेशकुमार अग्रवालले जानकारी दिए ।

साधारण सभाले लगानीकर्तालाई चुक्ता पूँजीको २३ दशमलव ५ प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

उक्त बोनस सेयर पारित भएसँगै नेपाल लाईफको चुक्ता पूँजी ५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ ।

यसैगरी साधारणसभामा कम्पनीको अधिकृत पूँजी १० अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL