Logo

सूर्यज्योति लाइफको सेल्स कन्भेन्सन २०८२ सम्पन्न, २०० कर्मचारी सहभागि

सूर्यज्योति लाइफको सेल्स कन्भेन्सन २०८२ सम्पन्न, २०० कर्मचारी सहभागि



काठमाडौं । ‘हामी सक्छौं’ मूल मन्त्रसहित सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन २०८२ भव्य रुपमा सम्पन्न भएको छ । पोखरामा आयोजित कार्यक्रमलाई कम्पनीले देशभरका प्रदेश प्रमुख, क्षेत्रीय प्रबन्धक, शाखा प्रमुख, सेल्स एक्जुकेटिभ, ब्रान्च अपरेसन, विभागीय प्रमुख, उच्च व्यवस्थापन तथा सञ्चालक समितिका पदाधिकारी सहित करिब २०० जना कर्मचारीहरूको सहभागिता गराएर भव्य बनाएको हो ।

कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई, सञ्चालक हेमन्त नाहाटा, चुडामणि देवकोटा, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ‘हामी सक्छौं’ भन्ने मूल मन्त्र आत्मसात गर्दै लक्ष्य प्राप्तिका लागि सम्पूर्ण कर्मचारी एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

कार्यक्रममा भारतका सेल्स ट्रेनर अनिल कुमार झाले व्यक्तित्व विकास, अभिकर्ता निर्माण लगायत जीवन बीमा व्यवसायसँग सम्बन्धित विशेष तालिम प्रदान गर्नुका साथै आफुले जीवन बीमा क्षेत्रमा हासिल गरेको ३० वर्षभन्दा बढीको अनुभव पनि साझा गरेका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले जीवन बीमा क्षेत्रमा ऐतिहासिक सफलता दिलाउन योगदान दिने सम्पूर्ण कर्मचारीप्रति आभार प्रकट गर्दै बीमितको हित नै कम्पनीको हित हो भन्ने मूलमन्त्रलाई आत्मसात गर्न सबैलाई आग्रह गरे । उनले मूल्य र मान्यता अनुरूप कर्मशील बनेर काम गर्न जोड दिए ।

चिफ बिजनेस अफिसर फर्शुराम मरासिनीले कम्पनीको बार्षिक व्यवसायिक समिक्षा प्रस्तुत गर्दै आगामी रणनीतिका बारेमा प्रष्ट पारेका थिए । उनले तोकिएको लक्ष्य हासिल गर्न सबै कर्मचारीलाई अझ प्रेरित गर्ने उद्देश्यले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रथम बीमाशुल्क संकलन, बीमालेख बिक्री संख्या, सक्रिय अभिकर्ता निर्माण, नियमित व्यवसाय सञ्चालन र लक्ष प्राप्तिमा उत्कृष्ट प्रदर्शन गर्ने १२९ जना कर्मचारीलाई कम्पनीका अध्यक्ष, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा चिफ बिजनेस अफिसरले विभिन्न विधामा सम्मान गरेका थिए ।

देशभरबाट उत्कृष्ट प्रदर्शन गरेका कर्मचारीहरूमध्ये वर्षका उत्कृष्ट कर्मचारीको रुपमा पाँच विधामा क्रमशः प्रदेश प्रमुखबाट प्रदेश नम्बर ७ का मोहन पुरी, क्षेत्रीय प्रबन्धकमा सुदूरपश्चिम हिलका रामप्रसाद उपाध्याय, शाखा प्रबन्धकमा दैलेख शाखाका रविन्द्र प्रसाद शर्मा, ब्रान्च अपरेसनमा नयाँबानेश्वर शाखाका सञ्जय सुन्दास र सेल्स एक्जुकेटिभमा बुटवल पाल्पारोड शाखाका सन्तोष ज्ञवाली चयन भएका छन् ।

सेल्स कन्भेन्सन २०८२ बाट कर्मचारीहरूले कम्पनीको वर्तमान अवस्था, भविष्यको रणनीति तथा बजार विस्तार सम्बन्धी बृहत जानकारी हासिल गर्नुका साथै पुरस्कार तथा सम्मान प्राप्त गर्दा थप उत्साह र ऊर्जा प्राप्त भएको प्रमुख कार्यकारी अधिकृत खत्रीले जानकारी दिए । उनले कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय स्तरको तालिमको अवसर प्रदान गर्दै विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरे ।

कम्पनीका अध्यक्ष भट्टराईले कर्मचारीको आर्थिक उन्नति, प्रगति र हितका लागि सञ्चालक समिति सधैं सकारात्मक रहेको र निरन्तरको मेहनतले जुनसुकै लक्ष्य हासिल गर्न सकिने स्पष्ट पारे ।

कम्पनीले नविनतम प्रविधि मार्फत जीवन बीमा सेवा सुलभ बनाउनका लागि नेपालकै पहिलो पटक अनलाइन मार्फत लोन लिन सकिने सुविधा ूसूर्यज्योति ई–कर्जाू र बीमित तथा अभिकर्ताको हितलाई ध्यानमा राखी ूसूर्यज्योति केयर्स डिजिटल कार्डू सेवा सुरु गरिसकेको छ ।

नेपालको जीवन बीमा क्षेत्रमा हालसम्मकै पहिलो पटक आइएसओ ९००१–२०१५ प्रमाणपत्र प्राप्त गर्ने कम्पनीको रुपमा सूर्यज्योति लाइफ इन्स्योरेन्स स्थापित भएको छ । कम्पनीको हालको चुक्ता पुँजी ५०१ करोड, कुल लगानी ४६०० करोड, जीवन बीमाकोष ४२०० करोड, नेटवर्थ ६२८ करोड, जारी बीमालेख संख्या ३४ लाख, प्रशिक्षित अभिकर्ता संख्या १ लाख ३ हजार ७३८ रहेको छ । कम्पनीले १७३ शाखा कार्यालयमार्फत सेवा दिँदै आएको छ । साथै ३५ प्रकारका घातक रोगविरुद्ध ५० लाख रुपैयाँसम्मको उपचार सुविधा प्रदान गर्ने पहिलो कम्पनी बन्न पनि सूर्यज्योति सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्