Logo

बाहिरी चक्रपथका लागि चाईना कन्स्ट्रक्सन र निजगढ विमानस्थल निर्माणका लागि स्विस कम्पनी ज्युरिच छनोट

बाहिरी चक्रपथका लागि चाईना कन्स्ट्रक्सन र निजगढ विमानस्थल निर्माणका लागि स्विस कम्पनी ज्युरिच छनोट



काठमाडौं । लगानी बोर्डले उपत्यकाको बाहिरी चक्रपथ निर्माणका लागि चिनियाँ कम्पनी चाईना कम्युनिकेसन कन्स्ट्रक्सनलाई सर्टलिस्टमा राखेको छ । बोर्डको सोमबार बसेको बैठकले आशयपत्र पेश गर्ने कम्पनीहरुमध्ये चाईना कन्स्ट्रक्सनले मापदण्ड पुरा गरी योग्य देखिएपछि सर्टलिस्टमा राखेको हो ।

laxmi

यस्तै बोर्डको बैठकले निजगढ विमानस्थलको निर्माणका लागि आशय पत्र पेस गर्ने ७ कम्पनीहरु मध्ये ज्युरिक एयरपोर्ट ईन्टरनेशनल एजी सर्टलिस्टमा राखेको छ । यो विमानस्थल निर्माणका लागि अघिल्लो वर्ष चैत महीनामा भएको लगानी सम्मेलनमा सात देशका कम्पनीको प्रस्ताव परेको थियो ।

लगानी सम्मेलनमा आशय पेश गर्नेमध्येबाट ज्युरिच एयरपोर्ट एजीसँग विस्तृत प्रस्ताव (रिक्वेष्ट फर प्रपोजल (आरएफपी) मागिएको बोर्डले जनाएको छ ।यस्तै तल्लो अरुण जलविद्युत परियोजना निर्माणका लािग ३ ओटा कम्पनी सर्टलिस्टमा परेका छन ।

उक्त परियोजनामा भारत, नेपाल र जापानका ३ कम्पनीबीच प्रतिस्पर्धा हुने भएको छ । बोर्डको सोमबार बसेको बैठकले उक्त ३ कम्पनीलाई मापदण्ड पुर्याएको भन्दै सर्टलिस्टमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL