Logo

गल्छी-रसुवागढी सडक खण्डको मुआव्जा टुङ्गो लाग्यो , प्रतिआना ३ लाख २५ हजार सम्म

गल्छी-रसुवागढी सडक खण्डको मुआव्जा टुङ्गो लाग्यो , प्रतिआना ३ लाख २५ हजार सम्म



काठमाडौं । गल्छी, त्रिशुली मैलुङ, स्याफ्रुबेसी, रसुवागढी सडकखण्डको मुआब्जाको टुङगो लागेको छ । गएको शुक्रबार जिल्ला अधिकारी र विभिन्न प्रतिनिधिहरुको बैठकमा उक्त क्षेत्रमा पर्ने साविकका झिन्दुङ, रातमाटे र जिलिङ गाविसमा पर्ने जग्गाको मुआव्जाा टुङगो लागेको हो ।

उक्त बैंठकमा सडकको १५ १५ मिटरभित्र पर्ने जग्गाको मुआव्जा लीने र सोको मूल्य आनाको हिसावमा लिने भन्दै निर्णय गरीएको हो । यसका साथै उक्त क्षेत्रको रातमााटे गाविसको विभिन्न स्थानमा प्रतिआना २ लाख ५० हजारदेखि ३ लाख २५ हजार सम्म मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै झिन्दुङ गाविसमा पनि प्रतिआना २ लाख ५० हजारदेखि ३ लाख २५ हजारसम्म मूल्य निर्धारण गरिएको छ । यसका साथै जिलिङ गाविसमा पनि जग्गाको मुआव्जा सोहिअनुसार निर्धारण गरिएको हो ।

आयोजनाले गएको चैत्र २९ गते ‘राइट अफ वे’ को आधारमा उक्त क्षेत्रमा पर्ने रातमाटे, जिलिङ र झीन्दुङ गाविसमा जग्गा मुआव्जा निर्धारण गर्न अनुुमति दिएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL