Logo

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट निर्माणका लागि टेण्डर आह्वान

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट निर्माणका लागि टेण्डर आह्वान



काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्न टेण्डर आह्वान गरिएको छ।

शहरी विकास मन्त्रालय अन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले शुक्रबार सार्वजनिक गरेको जानकारी अनुसार, फ्लडलाइट जडानका लागि १ करोड ७३ लाख रुपैयाँ र प्यारापिट निर्माणका लागि १ करोड ६२ लाख रुपैयाँ बजेट छुट्याइएको छ।

दुवै परियोजनाका लागि टेण्डर भर्न २० हजार रुपैयाँ शुल्क तोकिएको छ। इच्छुक आवेदकहरूले आगामी माघ ६ गतेसम्म टेण्डर पेस गर्न सक्नेछन् भने सोही दिन दिउँसो १ः३० बजे टेण्डर खोलिने बताइएको छ।

फ्लडलाइट जडानका लागि यसअघि दुई पटक टेण्डर आह्वान गरिए पनि दुवैपटक रद्द भएको थियो। यस पटक सफलतापूर्वक टेण्डर प्रक्रियालाई अगाडि बढाउने प्रयास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This