Logo

‘मेलम्चीको पानी माघ पहिलो साता काठमाडौँमा, तिव्र गतिमा काम हुँदै

‘मेलम्चीको पानी माघ पहिलो साता काठमाडौँमा, तिव्र गतिमा काम हुँदै



काठमाडौं । खानेपानीमन्त्री महेन्द्रराय यादवले मेलम्चीको पानी आगामी माघ पहिलो साता काठमाडौँ पुर्याउने बताएका छन् । आयोजनाको मुहानस्थल अम्बाथानको आज अवलोकन गर्दै मन्त्री यादवले द्रुतगतिमा काम भइरहेको र निर्धारित समयमै पानी काठमाडौँ पुग्नेमा ढुक्क हुन उपत्यकावासीलाई आग्रह गरे । उनले आयोजनाका स्थानीय भण्डार, सप्लायर्सलगायतको समस्या समाधान गर्ने प्रतिबद्धतापछि अहिले तीव्रगतिमा काम भइरहेकाले तोकिएकै मितिमा पानी उपत्यकामा पुग्ने बताए ।

laxmi

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले सरकारको लक्ष्यअनुसार पानी पठाउने गरी काम भइरहेको जानकारी दिए । उनले अम्बाथानमा काम भइरहेको बताए । ‘दैनिक १६/१७ घण्टा काम भइरहेको छ’, उनले भने । दैनिक १७ करोड लिटरका दरले काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने सरकारको तयारी छ । क्षतिग्रस्त संरचना मर्मतपछि वर्षायाम सकिने बित्तिकै पुनः उपत्यकामा पानी वितरण गरिने आयोजनाले जनाएको छ ।

मन्त्री यादवसँगै प्रदेशसभा सदस्य कौशल किशोर राय, खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारी, मेलम्ची खानेपानी विकास समितिका सदस्य विष्णुमणि आचार्यलगायतले आयोजनाको मुहानस्थलबारे जानकारी लिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
MBL