Logo

त्रिभुवन विमानस्थल आसपासका ६ ओटा घर भत्काउन घरधनीलाई निर्देशन

त्रिभुवन विमानस्थल आसपासका ६ ओटा घर भत्काउन घरधनीलाई निर्देशन


रक्षा रेग्मी
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आसपासका ६ ओटा घर भभत्काउन सम्वन्धित घरधनीलाई निर्देशन दिएको छ ।  विमानस्थलको  दक्षिणतर्फ पर्ने कोटेश्वरका ती घरले जहाजको बाटोमा बाधक बनेको भन्दै काठमाडौं महानगरपालिकाले  घरको तला काट्न  सम्वन्धित घरधनीलाई निर्देशन दिएको हो ।

ति घरले गर्दा जहाज अवतरण तथा उडानमा खतरा देखिएको भन्दै घरको तला घटाउन पत्राचार घरधनीलाई गरेको महानगरपालिकोको विपत व्यवस्थापन इकाइका प्रवक्ता तथा प्राविधीक समितीका संयोजक इन्जिनीयर बीरबहादुर खड्काले जानकारी दिए । ‘मापदण्ड विपरित बनाइएका  घर भत्काउन सम्वन्धित घरधनीलाई पत्र पठाइसकेका छौं, ’ उनले भने,  ‘६ मध्ये ३ओटा घरधनी सम्पर्कमा आएको छन्’ । अन्य घरधनी पनि पनि घर भत्काउने सम्वन्धमा सकारात्मक नै देखिएको जानकारी उनले दिए ।

महानगरपालिकाले गत मंसिर १५ गते प्राविधिक समिती गठन गरि भत्काउने घरहरुको पहिचान गरेको थियो । खड्काका अनुसार इन्जिनियर सहितको टोलिले कोटेश्वरका ४० ओटा घरको अध्ययन गरेको थियो । समितीले ६ ओटा घरले जहाजको बाटोमा अवरोध पुर्याएको तथा अन्य ४ ओटा घर तला थप्न नमिल्ने भन्दै प्रतिवेदन बुझाएको थियो ।

प्राविधिक समितीको प्रतिवेदन अनुसार रामप्रसाद श्रेष्ठ, सन्तलाल शाही, सुनलक्ष्मी श्रेष्ठ, राम माया श्रेष्ठ, लिला ढकाल, भिम कुमारी पोखरेल र प्रेमलाल श्रेष्ठको स्वामित्वमा हरेको घरको माथिल्लो भागले उडानमा अवरोध सिर्जना गरेको ठहर गरेको छ ।

महानगरपालिकाले १ महिनाभित्र घरको तला भत्काउनुपर्ने भन्दै घरधनीहरुलाई पत्र पठाएको हो । संवेदनशिल क्षेत्रका घरहरु भत्काउने निर्णय गरिसकेकाले प्राविधीक टोलीको प्रतिवेदन पश्चात घरधनीहरुलाई नै भत्काउन आह्वान गरिएको महानगरपालिकाका सहप्रवक्ता महेश काफ्लेले जानकारी दिए ।

‘तोकिएको समयमा उनिहरुले भत्काउन अटेर गरेमा दोस्रो चरणमा हामी हटाउँछौं ’ उनले भने भत्काउदा लागेको खर्च घरधनीबाट असुली गछैं ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL