Logo

इन्धन अभाव हुँदा आन्तरिक वायुसेवा प्रभावित, अधिकांश उडान रद्द

इन्धन अभाव हुँदा आन्तरिक वायुसेवा प्रभावित, अधिकांश उडान रद्द



हवाई इन्धन अभाव हुँदा आइतवार अधिकांश आन्तरिक उडान रद्द गरिएको छ । भारतले गरेको अघोषित नाकाबन्दीले गर्दा इन्धन नभएको भन्दै आन्तरिक उडान रद्द गरिएको हो ।

नेपाल आयल निगम (एनओसी)ले अर्को व्यवस्था नभएसम्म हवाई इन्धन उपलब्ध गराउन नसक्ने जानकारी गराएपछि आइतबारबाट आन्तरिक हवाई सेवा रद्द गरिएको वायुसेवा सञ्चालक संघ,नेपालका प्रवक्ता घनश्याम आचार्यले बताए ।

इन्धन आपूर्तिका लागि नेपाल वायुसेवा निगम (एनएसी)सँग भएको सम्झौताअनुसार आपूर्ति नभएकाले निजी क्षेत्रका कम्पनीलाई इन्धन दिन नसकिएको उनले जानकारी दिए । ‘तेल स्टक नभएकोले हामीले संघले आफ्ना सदस्य कम्पनीलाई पछिल्लो परिस्थितिबारे शनिबार नै ‘अपडेट’ गराएको थियौं’ उनले भने ‘ त्यही अनुसार अधिकांश कम्पनीहरुले उडान रद्द गरेका हुन् ।’

काठमाडौं तथा पूर्वका कुनै पनि स्थानमा तेल मौज्दात नरहेकोले सेवा रद्द गुर्नपरेको उनले जानकारी दिए । उनका अनुसार आल नेपालगञ्ज र धनगढीमा मात्र हवाई इन्धन मौज्दात छ ।

निजी कम्पनीहरूले शनिवारनै आइतबारका लागि निर्धारित अधिकांश उडान रद्द गरी त्यसको जानकारी ग्राहकलाई गराइसकेका थिए ।आइतवार आन्तरिक उडान गरिरहेका बुद्ध एयर, यती एयरलाइन्स, सिम्रिक एयरलाइन्स र तारा एयरले ५४ वटा उडान रद्द गरेका हुन् ।

त्यस्तै वुद्ध एयरका १४ उडान रद्द भएका छन् भने यतीका १९, सिम्रिकका १२ र तारा एयरका ९ उडान रद्द भएका छन् ।नेपाल आयल निगमले इन्धन उपलब्ध गराउन नसक्दा बाध्य भएर उडान रद्द गर्नुपरेको उडान कम्पनीहरुले जनाएका छन् ।
यस्तो अवस्थामा वायुसेवा निगमले आफ्नो सेवामा सुधार ल्याउन नसक्नु तथा आयल निगमले वेलैमा व्यवस्थापन गर्न नसकेकोले समस्या आएको प्रवक्ता आचार्यले बताए ।आइतबार इन्धन उपलब्ध नभएमा आन्तरिक उडान सवै रद्द गर्नुपर्ने अवस्था आउने उनले जानकारी दिए । ‘आइतवार इन्धन उपलब्ध गराएमा भने सोमबारबाटै उडानहरु सुचारु हुने छन्’ उनले भने ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL