Logo

खोप उत्पादक सीरम इन्स्टिच्युटमा आगलागीबाट १६ अर्ब क्षति, उत्पादित खोप भने सुरक्षित

खोप उत्पादक सीरम इन्स्टिच्युटमा आगलागीबाट १६ अर्ब क्षति, उत्पादित खोप भने सुरक्षित



काठमाडौं । भारतको पुणेस्थित खोप निर्माता कम्पनी सीरम इन्स्टिच्युटमा आगलागी हुँदा १६ अर्ब रुपैयाँ (१० अर्ब भारु) बराबरको क्षति भएको छ । यो इन्स्टिच्युटले अहिले बेलायतको अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर कोरोना भाइरस विरुद्धको खोप बनाइरहेको छ ।

laxmi

सीरमको फ्याक्ट्रीमा गत बिहीबार आगो लागेको थियो। सीरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अदाल पूनावालाले आगलागीबाट कम्पनीलाई एक हजार करोड (१० अर्ब) क्षति भएको जानकारी दिएका हुन् । तर, कोरोनाविरुद्धको खोप बनाउने काममा यो दुर्घटनाबाट कुनै असर नपुगेको उनले बताएका छन् ।

इन्स्टिच्युटमा रहेको औषधि बनाउने इकाइमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । बीसीजी लगायतका केही खोप आपूर्तिमा भने निश्चित समयसम्म अवरोध आउने इन्स्टिच्युटले जानकारी दिएको छ । सीरम विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी हो।

प्रतिक्रिया दिनुहोस्
MBL