Logo

सार्क सम्मलेनमा जलविद्युत्, रेल र यातायातमा सम्झौता हुने निश्चित, सार्क स्तरिय व्यापारलाई पनि सहज बनाइँदै

सार्क सम्मलेनमा जलविद्युत्, रेल र यातायातमा सम्झौता हुने निश्चित, सार्क स्तरिय व्यापारलाई पनि सहज बनाइँदै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
३ मंसिर, काठमाडौं । काठमाडौंमा हुन लागेको अठारौं सार्क शिखर सम्मलेनमा जलविद्युत्, रेल र मोटर यातायात क्षेत्रमा सम्झौता हुने भएको छ । हाल यी विषयको मस्यौदामा सवै देशले सहमति जनाइसकेकाले सम्झौता हुने निश्चित भएको परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले बिजखवरलाई बताए । ‘सार्क मुलुकभरी जलविद्युत् प्रसारण लाइन विस्तार, सडकसंजाल विस्तारजस्ता विषयमा सार्कका सवै देशले एक किसिमको सहमति जानइसकेका छन्,’ उनले भने, ‘सम्मेलनको अवसरमा सवै देशका राष्ट्राध्यक्षहरु बसेर हस्ताक्षर गर्न मात्र बाँकी छ ।’

bizkhabarrailway
मन्त्री पाण्डेका अनुसार सार्क सम्मेलनमा मुख्य गरी ३१ वटा बुदाँमा छलफल गरिनेछ । जसमा सार्क स्तरिय व्यापारलाई पनि सहज बनाइने छ । यस अघि सार्क मुलुक भित्र व्यापार गर्दा हुने समस्यालाई पनि यस सम्मेलनले समाधान गर्ने पाण्डे बताउँछन् । यस्तै, सम्मेलनमा छलफलका लगिने ३१ बु्ँदामध्ये सार्क भित्र रहेका सवै देशलाई आवश्यक पर्ने साझा मुद्दामा सम्झौता गरिने छ ।

bizkhabar_sajhayatat
सम्मेलनमा गरिबी निवारण, गुणस्तरिय शिक्षा प्रदान, महिला हिंसा रोक्नेजस्ता विषयमा छलफल हुनेछ । अपराध नियन्त्रणलाई पनि उच्च प्राथमिकता दिइएको छ । यस्तै, पछिल्लो समय सार्क क्षेत्रमा बेरोजगारी बढ्दै गएको हुँदा युवाको लागि नयाँ रोजगारी सिर्जना गर्ने सम्मबन्धमा पनि गहन छलफल हुने भएको छ । यस सम्मेलने रोजगारीका लागि वैदेशिक रोजगारीमा जानु पर्ने वाध्यतालाई पनि केही हदसम्म नियन्त्रण गर्ने मन्त्री पाण्डे दावी गर्छन ।
सम्मेलनले नेपालमा अन्तरराष्ट्रिय लगानी भित्र्याउन सहयोग गर्ने पाण्डेको दावी छ । ‘यो सम्मेलनले नेपाललाई अन्तरराष्ट्रिय स्तरमा एम्सपोजर गराउन सहयोग पु¥याउने छ,’ उनले भने, ‘जसले नेपालका औद्योगिक क्षेत्रमा विदेशी लगानी भित्र्याउन सहयोग पु¥याउनुका साथै देशको पर्यटन विकासमा समेत ठूलो सहयोग पुग्नेछ ।’

सम्मेलनमा सार्क मुलुकका ३ सय भन्दा विदेशी डेलगेट्स आउने छन् । सम्मेलनमा एउटा मुलुकबाट २२ देखि ६० जना प्रतिनिधिले सहभागिता जनाउने परराष्ट्र मन्त्रालयले बताएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL