Logo

जनकपुर आईपुग्दै नेपालको आफ्नै रेल, यस्तो छ संचालनको तयारी

जनकपुर आईपुग्दै नेपालको आफ्नै रेल, यस्तो छ संचालनको तयारी



काठमाडौं । नेपालको आफ्नै रेल आज जनकपुर आईपुग्ने भएको छ । भारतको जयनगरदेखि नेपालको जनकपुरसम्मको रेलमार्गमा संचालको लागि नेपालले खरीद गरेको रेल सेट बिहीबार भारतको जयनगर आईपुगेको र आज नेपाल आईपुग्न लागेको हो । भारत सरकारको सहयोगमा निर्मित जयनगर जनकपुर रेलमार्गमा चल्नेगरी उक्त रेल नेपालले खरिद गरेको हो ।

गत बर्षमात्र भारतको चेन्नेईस्थित कोंकण रेलवेज कर्पोरेसन लिमिटेडसँग रेलका लागि अर्डर गरिएको र उक्त रेल निर्माण भएर आजै नेपाल आउन लागेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए । उनका अनुसार आजै नेपाल आउने रेललाई केही दिनको परीक्षणपछि विस्तारित रुपमा संचालनमा ल्याईनेछ ।

उक्त रेल अत्याधुनिक इलेक्ट्रोनिक सिस्टमको हो । नेपालले करिब ८६ करोड रुपैयाँमा दुइ सेट डेमु ट्रेन खरिद गर्न गत बर्ष बैशाख २६ मा कम्पनीसँग अर्डर गरेको थियो ।

यसअघि रेल संचालनका लागि भन्दै रेल्वे कम्पनीले १ सय २९ जना कर्मचारीका लागि आवदेन खुलाईसकेको छ । उक्त रेल दिनभरी पार्किङका लागि भने जयनगरमा स्टेशन बनाईएको उनले बताए । नेपालमा रेल्वेसम्बन्धी दक्ष प्राविधिक नभएका कारण भारतबाट केही प्राविधिक ल्याउने गरी तयारी गरिसकिएको उनको भनाई छ ।

‘नेपालमै दक्ष रेल्वे ईन्जिनियर उत्पादन नहुँदासम्मका लागि हामीले भारतबाट केही प्राविधिक ल्याउने तयारी गरेका छौं,’ उनले भने, ‘यसका लागि भारतबाट आएका प्राविधिकलाई उतैको अनुसार तलब सुविधा दिईनेछ ।’

आन्तरिक र बाह्य डिजाईन आकर्षक रहेको रेलमा मानिस बसेर यात्रा गर्न एकदमै सहज हुने उनले बताए । तर, हाल यसको भाडा, कसरी चल्ने भन्नेबारेमा टुंगो लागिसकेको छैन । रेल नेपालआएपश्चात यसको परिक्षण गरी ठीक छ या छैन भनेर समेत जाँच गरिनेछ । यसरी जाँचपश्चात सबै परीक्षणमा ठीक भए संचालन गरिने रकेही त्रुटि फेला परे पुनः रेल बनाउने कम्पनीमा पठाईनेछ । सो रेलमा एउटा इन्जिन र चार वटा बोगी रहेको रेलवे विभागले जनाएको छ ।

६ वर्षअघि २०७१ सालदेखि रेल सेवा बन्द रहेकोमा अब फेरि सञ्चालन हुनेछ । आवश्यक कानुन बनाएर दसैँ –तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ । ट्रायलका लागि शुक्रवार जनकपुर आएर फर्किने रेल एक महिनाभित्रै नियमित सेवा दिन थाल्ने बताईएको छ । आज नेपाल भित्रिने रेल हाल जयनगर–जनकपुर र कुर्था रुटमै सञ्चालन हुनेछ ।

Image may contain: people sitting and indoor
Image may contain: people sitting and indoor
Image may contain: text that says "DEEN"
No photo description available.
Image may contain: indoor
Image may contain: screen

प्रतिक्रिया दिनुहोस्
MBL