Logo

नेपालमा खाद्यान्न प्रशोधन उद्योग संचालन गर्दै पोल्याण्ड, विरगञ्ज चिनीमिल संचालनको तयारी

नेपालमा खाद्यान्न प्रशोधन उद्योग संचालन गर्दै पोल्याण्ड, विरगञ्ज चिनीमिल संचालनको तयारी


रामराजा श्रेष्ठ
27
Shares

रामराजा श्रेष्ठ

६ असोज, काठमाडौं । पोल्याण्ड सरकार नेपालमा उद्योग कलकारखाना संचालनका लागि इच्छुक देखिएको छ । विशेषगरी नेपालमा खानी र खाद्यान्न प्रशोधन उद्योग संचालनका लागि पोल्याण्डले चासो व्यक्त उद्योग मन्त्री महेश बस्नेतले बताए । ‘पोल्याण्डका वित्त उपमन्त्री जिस्लअ गावलिकले नेपालमा खाद्यान्न प्रशोधन र खानी संचालनका लागि एकदमै चासो व्यक्त गरेका छन्,’ उनले भने, ‘हामीले उद्योग संचालनका लागि प्रस्ताव ल्याउन आब्हान गरेका छौं ।’

त्यसैगरी, पोल्याण्ड सरकारले विरगञ्ज चिनी उद्योग संचालनका लागि पनि प्रस्ताव अघि सारेको उद्योग मन्त्री महेश बस्नेतले जानकारी दिए । ‘वित्त उपमन्त्री गावलिकले भेटका अवसरमा बन्द अवस्थामा रहेको विरगञ्ज चिनी कारखाना संचालन गर्न दिनका लागि आग्रह गरेका छन्,’ उनले भने, ‘हामीले सोही अनुसार प्रस्ताव पेश गर्न आग्रह गरेका छौं ।’ साथै, राम्रो प्रस्ताव ल्याएमा अन्य सरोकारवाला निकायसँग छलफल गरेर पोल्याण्डलाई उक्त चिनी मिल संचालनका लागि दिने तयारी गरिएको समेत उनले जानकारी दिए ।

मन्त्री वस्नेतका अनुसार पोल्याण्डले नेपालमा खाद्यान्न प्रशोधन उद्योग संचालनका लागि समेत प्रस्ताव अघि सारेको छ । पोल्याण्डले नेपालमा खाद्यान्न प्रशोधन गरेर विदेश निर्यातको तयारी गरेको गरेको छ । विशेषगरी नेपालमा प्रशोधन गरिएको खाद्यान्न तिब्बमा निर्यातको तयारी गरेको छ ।

पोल्याण्डले नेपालका खानी उद्योग संचालनका लागि समेत नेपाल सरकारसँग प्रस्ताव सारेको छ । पोल्याड खानी संचालनमा दख्खल रहेको र सोही अनुसार उनीहरुले नेपालमा पनि संचालनको तयारी गरिरहेको मन्त्री बस्नेतको भनाइ थियो । तर, नेपालमा विभिन्न खालका उद्योग संचालनका लागि कति लगानी ल्याउने भन्ने विषयमा भने कुनै छलफल नभएको बस्नेत बताउँछन् । ‘भेटका अवसरमा उनीहरुले उद्योग संचालका लागि प्रस्ताव मात्र गरे,’ उनले भने, ‘तर, कुन तरिकावाट कति लगानी ल्याउने भन्ने विषयमा भने छलफल भएन ।’ उनीहरुले उद्योग संचालनमा लागि लिखित प्रस्ताव पेश गरेपछि मात्र लगानीको विषयमा छलफल हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This