Logo

हिमालय एयरको नयाँ जहाज काठमाण्डौंं आईपुग्यो, तिब्बतको ल्हासा र अलिमा उडान भर्ने

हिमालय एयरको नयाँ जहाज काठमाण्डौंं आईपुग्यो, तिब्बतको ल्हासा र अलिमा उडान भर्ने



काठमाडौं । हिमालय एयरलाईन्सले आफ्नो ५ औं वार्षिकोत्सवको अवसरमा ३१९–११५ विमान भित्र्याएको छ । कम्पनीलेको उपाध्यक्ष–अपरेशनस, क्यापटेन हाओ दीले चीनको तियानजिन बिन्हाई अन्तरराष्ट्रिय विमानस्थलबाट उडान गर्दै उक्त जहाजलाई काठमाडौं ल्याएको हो । उक्त जहाज सोमबार राती १० बजेर २० मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको कम्पनीले जानकारी दिएको छ । उक्त थप जहाजसँगै हिमालय एयरलाईन्सको जहाज संख्या ४ पुगेको छ ।

laxmi

एयरबस कम्पनीकै जहाज भएकाले उक्त जहाजले छोटो देखि मध्यम दूरीको उडान भर्ने छ । एअरबस कम्पनीद्वारा निर्मित यो विमान न्यारो–बडी, दुई इन्जीनयुक्त जेट विमान भएको कम्पनीले जानकारी दिएको छ । उक्त जहाजमा ८ बिजनेस क्लास सिट र १२० इकोनोमी क्लास सिट क्षमता रहेको छ । सो जहाजले उच्च स्थानमा रहेका तिब्बतका ल्हासा, अलिजस्ता गन्तव्यस्थलहरुमा उडान गर्ने तथा उडान संख्या बढाउंदै यात्रुलाई सहज र सरलरुपमा सेवा प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले थप जहाजसँगै मध्यपूर्वी मुलुक र चीनमा आफ्नो बजार विस्तार गर्दै जाने भएको छ । एयरलाइन्सका अध्यक्ष झोउ इन्योङले भने, ‘सन् २०२० मा हिमालय एयरलाइन्सको सञ्जाल विस्तार र नयाँ रुटहरु सञ्चालन गर्ने कम्पनीको रणनीति अनुरुप हाम्रो यो कदम हो । उच्च आधुनिक प्रविधियुक्त विमानसँगै उच्च तहको सुरक्षा सुनिश्चित गर्दै हाम्रा मूल्यवान यात्रुहरुलाई सुरक्षित र सुविधासम्पन्न यात्राको हामी प्रतिबद्धता गर्दछौं ।’ साथै कम्पनीले २०२१ सम्ममा ए ३१९ का दुईवटा विमान थप गर्ने योजना समेत रहेको अध्यक्ष इन्योङले जानकारी दिएका छन ।

कम्पनीका प्रशासनका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘हिमालय एयरलाईन्समा ए ३१९ को प्रवेशले संस्थाको विमान थप गर्ने योजनामा एउटा कोसेढुंगा सावित भएको छ । ‘क्षेत्रिय समृद्धिका लागि हवाई सञ्जाल विस्तार’ भन्ने हाम्रो प्रमुख सिद्धान्तलाई यो कदमले थप बल प्रदान गरेको छ ।’ हालै भई राखेको उडान सञ्जालमा थप सेवा, सरल उडान सञ्जाल तथा नयाँ गन्तव्यहरुमा वृद्धिजस्ता हिमालयको उल्लेखनीय उपलब्धीहरुका निम्ति सन् २०२० साक्षी बन्नेमा आफुहरु ढुक्क भएको श्रेष्ठले जानकारी दिएका छन ।

हाल कम्पनीले बिभिन्न ६ देशका १० गन्तब्यमा उडान भर्दै आईरहेको छ । कम्पनीले दोहा, दमाम, ढाका, क्वालालम्पुर, आबुधाबी र चीनको चाङसा, गुईयाङ, सेनजेन, बेइजिङ र चोङकिङमा उडान भर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL