Logo

उद्योग मन्त्रालयले ६ ओटा औद्यागिक क्षेत्र स्थापना गर्ने, चार ठाउलाई औद्योगिक करिडोर घोषणा गरिदै

उद्योग मन्त्रालयले ६ ओटा औद्यागिक क्षेत्र स्थापना गर्ने, चार ठाउलाई औद्योगिक करिडोर घोषणा गरिदै


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता
२५ असार, काठमाडौं ।
उद्योग मन्त्रालयले विभिन्न ६ ठाउमा औद्यागिक क्षेत्र स्थापना गर्ने भएको छ । मन्त्रालयले मन्त्रालयले एक जिल्ला एक औद्योगिक क्षेत्रको अवधारणाअनुसार आगामीवर्ष झापा, चितवन, कास्की, रुपन्देही, सुर्खेत र कन्चनपुरमा औद्योगिक क्षेत्र स्थापना गर्ने भएको हो ।
उद्योग मन्त्रालयको आफ्नो वार्षिक कार्यक्रम ‘एक निर्वाचन क्षेत्र एक औद्योगिक ग्राम’ राखेको छ । यसअनुसार स्थानीय साधन स्रोत र सीपमा आधारित स–साना उद्योग प्रवद्र्धन गर्ने सम्भाव्यताको आधारमा स्थानीय निकायसँग सहकार्य गरी प्रत्येक निर्वाचन क्षेत्रमा औद्योगिक ग्राम समेत स्थापना गर्ने लक्ष्य लिइएको उद्योग मन्त्री महेस बस्नेतले बताए । यसका लागि ‘एक निर्वाचन क्षेत्र एक औद्योगिक ग्राम’ कार्यक्रम शुरू गर्ने उनले जानकारी दिए ।
त्यस्तै, सरकारले मुलुकको विभिन्न ४ ठाउलाई औद्योगिक करिडोर घोषणा गर्ने भएको छ । मुलुकको विभिन्न राजमार्गको दायाँ–बायाँ स्थापना भएका र स्थापना हुने उद्योगको व्यवस्थापनको लागि ‘औद्योगिक करिडोर’ घोषणा गर्ने भएका हो । मन्त्री वस्नेतले विराटनगर–धरान, नेपालगञ्ज–कोहलपुर, भैरहवा–बुटवल, भैरहवा–रामनगरलाई औद्योगिक करिडोर घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए । ‘राजमार्गको दायाँ–बायाँ स्थापना भएका र स्थापना हुने उद्योगको व्यवस्थित सञ्चालनका लागि औद्योगिक करिडोर घोषणा गरिने भएको हो’ उनले भने, ‘औद्योगिक करिडोर घोषणा भएपछि सरकारले पूर्वाधार समेत विकास गरिदिने छ ।’
आगमी आवलाई सरकारले ‘लगानी वर्ष’ समेत घोषणा गर्ने भएको छ । मुलुकमा ठूलो विदेशी तथा स्वदेशी लगानी भित्रयाउन तथा भएका लगानीको प्रवद्र्धनका लागि आगामी वर्षलाई लगानी वर्षकोरुपमा मनाईने उनले बताए । मन्त्रालयले हरेक वर्षको मंसिर ९ गते उद्योग दिवस समेत मनाउने भएको छ । त्यस्तै, उद्योग क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने उद्योगी÷व्यवसायीलाई ‘इण्डष्ट्रियल इम्पोर्टेन्ट पर्सन’कोरुपमा सम्मान समेत गर्ने भएको छ । उद्यमशीलता विकासको लागि उत्कृष्ट महिला उद्यमीलाई सम्मान समेत दिने भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले उद्योग विभागमा एकल विन्दु सेवा केन्द्र, कम्पनी रजिष्टारको कार्यालयमा अनलाई भुक्तानी, राष्ट्रिय भुकम्प मापन केन्द्र सहितको भवन निर्माण गर्नेलगायतका कार्यक्रम समेत बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL