Logo

जस्तापाता उद्योगलाई चौविसै घण्टा विद्युत

जस्तापाता उद्योगलाई चौविसै घण्टा विद्युत


रामराजा श्रेष्ठ
0
Shares

रक्षा रेग्मी

११ वैशाख, काठमाडौं । सरकारले जस्तापाता उद्योगलाई चौविसै घण्टा विद्युत उपलब्ध गराउने  भएको छ । भुकम्प पछिको पूनर्निमाणमा हुने जस्तापाताको आवश्यकतालाई सहजै पूर्ती गर्न चौविसै घन्टा उद्योग सञ्चालन गराउन विद्युतलाई नियमितता दिने तयारी थालेको हो । यसका लागि आवश्यक अध्ययन गर्न उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिइसकेको उर्जा सचिव राजेन्द्र किशोर क्षेत्रीले बताए ।

यसअघि उद्योगीले पूर्ण क्षमतामा उद्योग सञ्चालनको लागि नियमति विद्युत आपूर्ती गराउन सरकासँग आग्रह गरेका थिए । भुकम्पपछि भएको जस्तापाताको उच्च मागलाई पूर्ती गर्न चार सिफ्टमा उद्योग सञ्चालन गर्नुपर्ने भएकाले उद्योगमा लोडसेडिङ नगराउन उनीहरुले आग्रह गरेका थिए ।

सरकारले उद्योगीको आग्रहअनुसार नै जस्तापाता उद्योगमा नियमित विद्युत आपूर्ती गराउने बारे अध्ययन गरिरहेको उनले बताए । ‘अहिले कुन माध्यमबाट कसरी नियमति विद्युत आपूर्ती गराउने भन्ने बारे प्राधिकरणले अध्ययन गरिरहेको छ’ उनले भने, ‘अब प्राधिकरणले अध्ययन प्रतिवेदन दिएपछि जस्तापाता उद्योगमा तत्कालका लागि लोडसेडिङ कटौंती गर्ने छौं ।’

हाल नेपालमा चार ओटा जस्तापाता उद्योग रहेका छन् । अहिले राजेश मेटल क्राफ्ट, आरती स्ट्रिप्स, भगवटी स्टील्स् र हुलास स्टिल्स् इण्डष्ट्रिजले जस्तापाता उत्पादन गर्दै आएका छन् । यी उद्योगले वार्षिक ३ लाख मेट्रिक टन जस्तापाता उत्पादन गर्ने राजेश मेटल क्राफ्टका प्रबन्ध निर्देशक राजेश अग्रवालले बताए ।

हाल सञ्चालनमा रहेका चारै उद्योग पूर्ण क्षमतामा चल्न सकेका छैनन् । चारै ओटा उद्योगले दुई सिफ्टसम्म मात्रै जस्तापाता उत्पादन गर्दै आएका छन् । नियमित विद्युत आपूर्ती भएमा दैनिक चार सिफ्टनै उद्योग सञ्चालन गर्न सकिने उनीहरुले बताएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL