Logo

सरकारले शुरु गर्यो एप्लीकेशन र टोल फ्रि नम्बर, फोन र एप्लीकेशनबाट भुकम्पको जानकारी पाइने

सरकारले शुरु गर्यो एप्लीकेशन र टोल फ्रि नम्बर, फोन र एप्लीकेशनबाट भुकम्पको जानकारी पाइने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२ जेठ, काठमाडौं । सरकारले भुकम्पबारे जानकारी दिन एप्लिकेशन र टोल फ्रि नम्बर शुरू गरेको छ । सर्वसाधारणलाई भुकम्पबारे आधिकारिक जानकारी दिन उद्योग मन्त्रालय अन्तर्गतको खानी तथा भुगर्भ विभागले एप्लिकेशन र टोल फ्रि नम्बरको शुरुआत गरेको हो ।

अब सर्वसाधारणले  १६१८०१४४१०१४१ नम्बरमा फोन गरेर वा ‘नेपाल अर्थक्विक अपडेटर’नामक एप्लिकेशनबाट भुकम्पबारे जानकारी प्राप्त गर्न सक्ने छन् ।

अब सर्वसाधारणले १६१८०१४४१०१४१ नम्बरमा फोन गरेर पछिल्लो पटक गएको भुकम्पको बारेमा जानकारी लिन सकिन्छ । उक्त नम्बरमा फोन गरेपछि कति पछिल्लो पटक कुन बेला भुकम्प गयो ? कति रेक्टर स्केलको भुकम्प गयो ? केन्द्र बिन्दु कहाँ थियो ? भन्ने जानकारी दिन्छ । उक्त नम्बरमा फोन गर्दा पैसा लाग्दैन ।

भुकम्प गएलगत्तै सर्वसाधारणलाई भुकम्पबारे जानकारी गराई थप सचेत रहन पे्ररित गर्ने उद्देश्यले उद्योग मन्त्रालयले नेपाल टेलिकमसँगको सहकार्यमा उक्त टोलि फ्रि नम्बरको व्यवस्था गरेको हो । विभागका आयोजित एक कार्यक्रमबीच उद्योगमन्त्री महेश वस्नेतले उक्त नम्बरको औपचारिक शुरुआत गरे । मन्त्री वस्नेतले सर्वसाधारणलाई पछिल्लो भुकम्प बारे जानकारी दिइ भ्रममुक्त र थप सचेत बनाउन टोल फ्रि नम्बरको शुरुवात गरिएको बताए । भुकम्प गएको ढिलोमा २ मिनेभित्रै उक्त नम्बरले जानकारी दिने खानी तथा भुगर्भ विभागका उपमहानिर्देशक एवम् भुगर्भविद् डा. सोमनाथ सापकोटाले बताए ।

सर्वसाधारणले आफ्नो मोबाइलमा ‘नेपाल अर्थक्विक अपडेटर’नामक एप्लिकेशन डाउनलोड गरेपछि नेपालमा पछिल्लो समयदेखि एक वर्षअघि गएका भुकम्पका बारेमा जानकारी लिन सक्ने छन् । एण्ड्रोइड भर्सनको मोबाइलमा चल्ने उक्त एप्लीकेशन दुई जना नेपाली युवाले विभागको सहयोगमा तयार पारेका हुन् । एप्लिकेशनलाई थप सुधार गर्दै लैजाने डेभलपर मनोहरलाल श्रेष्ठले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL