Logo

४ वटा रेल खरिदका लागि प्रक्रिया अघि बढ्यो, अर्को बर्षदेखि संचालनमा आउने

४ वटा रेल खरिदका लागि प्रक्रिया अघि बढ्यो, अर्को बर्षदेखि संचालनमा आउने



काठमाडौं । निर्माणधिन अवस्थामा रहेको जयनगर–कुर्तासम्मको ३५ किलोमिटर रेलमार्ग आगामी अक्टोबरमा सम्पन्न हुने भएको छ ।

आउँदो वर्ष जयनगर–जनकपुरको ३५ किलोमिटर क्षेत्रमा रेल चलाउनका लागि रेल खरिद गर्ने प्रक्रिया अगाडि बढाइएको रेल विभागका सिनियर डीभिजन ईन्जिनियर प्रकासभक्त उपाध्यायले बताएका छन ।

उनका अनुसार ४ वटा रेलका लागि करीब २ अर्ब रुपैयाँ लागत लाग्ने भएको छ । उक्त रकमका लागि सरकारले आवश्यक बजेट व्यवस्था गर्ने आश्वासन समेत दिएको उनले बताए । साथै वीरगञ्ज–काठमाडौँ रेलमार्ग निर्माणका लागि प्रक्रिया अगाडि बढेको समेत विभागले जानकारी दिएको छ ।

विभागका अनुसार भारतबाट वीरगञ्जको सुख्खा बन्दरगाहसम्म ८ सय मिटर रेल्वेमार्ग बनिसकेको छ । गत शुक्रबार भारतीय प्राविधिक टोली आएर एक वर्षभित्र डिपिआर र नक्साङकन कार्य सक्ने गरी कार्य गर्ने जानकारी दिएको छ ।

मेचीमहाकाली विद्युतीय रेलमार्गको कामलाई तीब्रता दिएको विभागले जानकारी दिएको छ । यसमार्गको डिपिआर र डिजाइन तयार पार्ने काम सँगसँगै भईरहेको उपाध्यायले बताएका छन । डीपीआर तयार पार्ने कार्य आगामी नोभेम्बर सम्ममा पूरा हुने उनी बताउँछन् ।

उनका अनुसार मेची महाकाली रेलमार्गको लम्बाइ करीब ९ सय ४५ किलोमिटर छ । शिवपुर–भालुवाङमा १४ किलोमिटर लामो सुरुङ मार्ग हुनेछ भने अन्य सुरुङ मार्ग छोटा दूरीका हुनेछन । सुरुङ मार्गको संख्या घटाउन गृहकार्य भइरहेको छ । २ सय किलोमिटर प्रतिघण्टा रेल गुड्न सक्ने गरी यो मार्ग निर्माण गरिएको उपाध्यायले जानकारी दिए ।

करीब ६ मिटर अग्लो हुने गरी रेलमार्ग निर्माण गरिँदैछ । ‘रेलमार्गका लागि ५० मिटर चौडा जग्गा अधिग्रहण गरिने भए पनि अहिले एउटामात्रै मार्ग बनाइँदैछ,’ उनले भने, ‘पछि अर्को मार्ग थप्न मिल्ने गरी डिजाइन गरिएको छ ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL