Logo

अटो व्यवसायीलाई अर्थमन्त्रीको प्रश्न, गाडी चढ्नेले कर नतिरे किसानले तिर्छ ?

अटो व्यवसायीलाई अर्थमन्त्रीको प्रश्न, गाडी चढ्नेले कर नतिरे किसानले तिर्छ ?



काठमाडौं । अटो व्यवसायीले सवारीसाधनलाई मोविलिटिसँग जोडेर सरकारले यसलाई अनुत्पादक क्षेत्रबाट हटाई उत्पादनमुलक क्षेत्रमा राख्नुपर्ने बताईरहँदा अर्थमन्त्री डा. युवराज खतिवडाले भने ठिक त्यसको विपरित जवाफ दिएका छन् । नेपालमा सवारीसाधन उत्पादनमुलक क्षेत्रभन्दा पनि अनुपादक क्षेत्रमा बढि उपयोग भइरहेको खतिवडाको तर्क थियो । ‘अटोमोवाईल सोख हो वा मोविलिटि त्यो छुट्याउनु जरुरी छ,’ नाडाको ४१ औं बार्षिक साधारणसभामा बोल्दै उनले भने, ‘अहिले नेपालमा कसको क्षमता कति छ कसले गाडी चढिरहेको छ त्यसको पनि अध्ययन गर्दैछौं ।’

देशमा सडक पूर्वाधार निर्माणका लागि सवारीसाधनबाटै कर उठाउनु पर्ने उनको तर्क थियो । ‘जसले गाडी चढ्छ उसैले सडक निर्माणका लागि कर तिर्नुपर्छ यो समान्य सिद्धान्त हो,’ उनले भने, ‘सवारी चढ्नेका लागि सरकारले किसानसँग राजस्व उठाएर सडक बनाउँदैन ।’ तर, यातायात व्यवसायी तथा सवारीसाधन प्रयागकर्ताले तिरेको करलाई सरकारले सही ठाउँमा सदुपयोग गर्ने विश्वास दिलाए ।
सरकारले आफ्नो देशको आयात नीति र सडक पूर्वाधार निर्माणकै लागि सवारीसाधन आयातमा बढि कर लगाएको जानकारी दिए । ‘कुनै पनि देशले आफ्नो आवश्यकता र क्षमता अनुरुप कुनै पनि बस्तु तथा सेवामा कर निर्धारण गर्छ,’ उनले भने, ‘सोही अनुरुप नेपालले पनि सवारीसाधनमा बढि कर लगाएको हो ।’ उनले कार्यक्रममा बोल्दै सरकारले आगामी दिनमा सवारीसाधनमा लाग्दै आएको करका दरलाई घटाउन नसक्ने समेत स्पष्ट पारे ।

सरकारले आगामी दिनमा सबै सवारीलाई एकै किसिमको भन्दा पनि क्षमता अनुरुपको कर निर्माण गर्ने संकेत दिए । नेपालमा कति क्षमताको कस्ता सवारीसाधन चाहिन्छ सरकारले अध्ययन गरिरहेको जानकारी दिँदै सोही अनुसार सार्वसाधारण र किसानलाई सहुलियत हुने गरी कर निर्धाण गरिने उनको भनाइ थियो । ‘नेपालमा १र२ हजार सिसिका मोटरसाइकल किन चाहियो ?,’ उनले भने, ‘नेपालको आवश्यकता के हो कस्ता सवारीसाधन चाहिन्छ सोही अनुरुप कर निर्धारण गरिनेछ ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL