Logo

अनिल शाहको ‘फास्ट मुभमेन्ट’, सेञ्चुरीमा हाजिर नहुँदै नविलमा नियुक्ती

अनिल शाहको ‘फास्ट मुभमेन्ट’, सेञ्चुरीमा हाजिर नहुँदै नविलमा नियुक्ती


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नविल बैंकले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा अनिल शाहलाई नियुक्त गरेको छ । बैंक संचालक समितिको बिहीबार बसेको बंैठकले उनलाई सिईओमा नियुक्त गरेको हो ।

शाहले यस अघि मेगा बैंक छोड्दै २०१८ को जनवरी अर्थात आइतबारदेखि सेञ्चुरी बैंकको सिईओ पद सम्हाल्ने गरी नियुक्ती पत्र बुझेका थिए । राष्ट्र बैंकको नीति अनुरुप शाहले भनेबमोजिम तलब सुविधा नपाउने भएपछि उनले सेञ्चरीमा हारिज नै नगरी नविल बैंक गएका हुन् ।
नविल बैंकले शाहलाई फागुन ५ गतेदेखि सिईओ पद सम्हाल्ने गरी नियुक्त गरेको हो । ८ बर्ष अघि नविल बैंकको सिईओ पद छाडेर अन्य बैंकमा गएका शाह पुनः नविल बैंकमा फर्किएका छन् ।

शाहले नबिल बैंक छाडेर दुई कार्यकाल अर्थात ८ बर्ष मेगा बैंकको सिईओ पद सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL