Logo

महानगरका मेयर भन्छन् ‘अब सुत्दैन काठमाडौं ’

महानगरका मेयर भन्छन् ‘अब सुत्दैन काठमाडौं ’


बिजखबर संवाददाता
0
Shares

काठमाडौ । काठमाडौं महानगरपालिकाले उपत्यकालाई २४ सै घण्टा खुल्ला राख्ने अवधारणा अघि सारको छ । राजधानीलाई सधैभरी खुल्ला राख्ने उद्देश्यसहित प्रक्रिया अघि बढाइएको महानगरप्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

मंगलबार काठमाडौंमा आयोजीत एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘ २४ घण्टा नै महानगरलाई खुला राख्न यातायतको आवश्यकता पर्छ ’ उनले भने ‘त्यसका लागि आवश्यक यातायातको व्यवस्थापन साझाले गर्ने छ।’

त्यस्तै राजधानीलाई जीवन्त राख्न अब रात्री शहरलाई समेत प्रबद्र्धन गर्ने बताए । सरकार, सुरक्षा निकाय तथा ब्यवसायीको सहयोगमा राती पनि बजार खुल्ने व्यवस्था गर्न लागेको उनले जानकारी दिए ।

त्यस्तै स्मार्ट सिटीको अवधारणा अनुरुप मेट्रो, मोनो, केबुलबार, भर्टिकल पार्किङलगायतबारे छलफल भइरहेको छ । उनले अब महानगरको सबै सेवा स्मार्ट प्रणाली केन्द्रित हुने बताउँदै साझाका १० वटा बसमा भाडा तिर्न लगाईएको स्मार्ट कार्ड सिस्टम सबै बसमा विस्तार गरिने बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL