Logo

आमिर खानले चीनमा कसरी कमाए १८ अर्ब ?

आमिर खानले चीनमा कसरी कमाए १८ अर्ब ?


बिजखबर संवाददाता
0
Shares

ठीक आठ बर्ष अघि बलिउड अभिनेता आमिर खानले जब एउटा फरक निर्णय लिए त्यसले उनको ‘करियर’लाई नै नसोचेको दिशातर्फ डोहोर्यायो । उनलाई निर्देशक राजकुमार हिरानीले १८ बर्षको कलेजको विद्यार्थीको चरित्रमा अभिनयका लागि आग्रह गरे । यो आग्रह पछि आश्चर्यमा परेका खानले चीनको सीसीटीभीलाई अन्र्तवार्ता दिदैं यसो भने ‘यो मेरा लागि निकै गाह्रो कुरा थियो  । म ४४ बर्षमा हुँदा त्यो चलचित्रका लागि आग्रह आएको थियो । अनि मैले निर्देशकलाई तपाइसँग निकै राम्रो स्क्रिप्ट छ यसमा मलाई राखेर नबिगार्नुस भने । यदि मैले १८ बर्षको विद्यार्थीको भुमिकामा आए भने दर्शक मलाई देखेर हाँस्नेछन् अनि चलचित्रको खिल्ली उडाउनेछन्  भने। तर निर्देशक हिरानी म प्रति दयालु थिए र उनले प्रष्ट उक्त चलचित्रमा मलाई नै चाहेको भनेका थिए’ ।
आफ्नो सोंच फरक हुँदा हुँदै पनि खानले आफ्नो आगामी चलचित्र ‘थ्री इडियट्स’मा रेन्चोको भुमिका स्विकार गरे । हो यहिं चलचित्रले उनका लागि ठूलो परिवर्तनको सङ्केत बाहिर ल्यायो ।
यो चलचित्र आउनुभन्दा अघि नै सन् २००८ को गजिनी चलचित्रका कारण खान व्यापारीक र समालोचना दुवै दृष्टिकोणबाट सफलताको उचाईमा थिए । उनको चलचित्र गजिनी सो बर्षको सबैभन्दा धेरै कमाउने बलिउड चलचित्र बनेको थियो । उनले सन् २००१ मा लगान चलचित्रका लागि एकेडेमी अवार्ड मनोयनसहित धेरै प्रतिष्ठित अवार्ड पनि जितेका छन् ।
तर थ्री इडियट्ससम्म आमिर खानका ‘फ्यान फलोइङ’ भारत तथा विदेशमा रहेका भारतीयमा मात्र सिमित थिए । उनी विश्वका अधिकांश देशका लागि अपरिचित जस्तै थिए, अझ चीनमा, जहाँ भारतका चलचित्र विरलै प्रदर्शन हुन्छन ।
भारतीय बजारमा थ्री इडियट्सले ६ करोड २० लाख डलरको व्यापार गरेर सबै किसिमका रेकर्ड तोडेर सफलताको शिखरमा पुगेपछि पनि आमिर खानको करियरका लागि चीनले अर्थ राख्छ भन्ने सोंच्नु पनि त्यति स्वभाविक थिएन । चीनले त्यतीबेला पनि विश्व चलचित्र व्यापारमा १५ औं ठूलो बजार मात्र थियो, जहाँ तुलनात्मक रुपमा साना दक्षिण कोरिया, क्यानडा, अष्टे«लियाजस्ता देशको बक्स अफिसको तुलनामा कम मात्र आम्दानी हुन्थ्यो । चीनमा स्थानीय चलचित्रकै व्यापार सानो रहेको बेलामा सजिलै ‘पाइरेटेड’ भएर पाइने विदेशी चलचित्रका लागि पैसा कमाउनु गाह्रो कुरा थियो ।
विदेशी चलचित्रको पाइरेसीले जगजगी गाडेको चीनको बजारमा आमिर खानले त्यतीबेला नै चिनीयाँ दर्शकमा आफ्नो परिचय छाड्न सफल भए थ्री इडियट्समार्फत । यो चलचित्र जसले तीन जना इन्जिनियरिङ विद्यार्थीको कलेज जीवन र त्यसपछिको चरित्र र क्रियाकलापलाई उठान गरेको छ, यो चीनको परिवेशसँग पनि मिल्दोजुल्दो थियो । साथीबीचको सम्बन्ध, पढाइका चुनौती र विगतको सम्झनाले भारतीय चरित्रमा पनि चिनियाँ दर्शकले आफूलाई भेटे । आमिर खानको शक्तिलाई नै चुनौती दिने व्यवहार र आफ्नो तरिकाले जीवन जीउने रेञ्चोको चरित्रले खासगरी चिनीयाँ दर्शकलाई निकै तान्यो । यस्तै कथाले थ्री इडियट्लाई चीनमा निकै सफलता मिल्यो । कतिसम्म भने चलचित्रको समिक्षा गर्ने डउबान डट कमले चीनमा सबैभन्दा धेरै रुचाइएको १२ औ चलचित्र बनेको छ ।
खानका लागि थ्री इडियट्सले सन् २००९ पछि ‘फ्यानबेस’ कलाकारका रुपमा तयार गर्यो । सन् २०१३ मा जब चीनको थिएटर विश्वकै दोस्रो ठूलो बजारका रुपमा उदायो, त्यसपछि पनि चिनीयाँ दर्शक आमिर खानका चलचित्रका लागि पैसा तिर्न तयार भए । उनको पछिल्लो चलचित्र धुम थ्रीले चीनका दुई हजार स्क्रिनमास्थान पायो र ३८ लाख डलर कमाउन पनि सफल भयो । त्यसको अर्को बर्ष उनके व्यङग्यात्मक साइन्स फिक्सन चलचित्र पीके चीनका ४ हजार ६ सय हलमा देखाइयो जसले त्यहाँको बजारमा मात्रै २ करोड डलरसहित अप्रत्याशित बजार पायो । यो आम्दानी कुनै पनि बलिउड चलचित्रले भारत बाहिर कमाएको रकमको तुलनामा सबैभन्दा धेरै हो ।
अहिले आएर यो प्रष्ट भएको छ कि आमिर खानको चलचित्रले त्यसै चीनमा बजार पाएको छैन । उनी चीनको बजारमा एउटा ‘आइकन’ बनेका छन् । उनले यसरी चलचित्र बनाएका छन् जसले चीनका दर्शकको बारेमा बोल्छन्,जुन् हलिउड चलचित्रले गर्न सकेको छैन । अझ कुनै विदेशी चलचित्र अथवा स्थानीय चलचित्रले नै बोल्न सकेका छन् । एउटा निकै छानेर मात्र चलचित्र खेल्ने अभिनेता अथवा निर्माता, जसको बुझाइ निकै गहिरो छ । उनले हरेक दिनका सङ्घर्ष बोल्ने, गरिबीदेखि सम्पन्नतासम्म पुगेको कथा, ग्रामिणदेखि सहरसम्म र पितृसत्तात्मक समाजदेखि त्यसलाई महिलाले चुनौती दिएका प्रस्तुतीसहितका विषय उनका चलचित्रले समेट्छन् । परिवार, शिक्षा, भावनाजस्ता आमिर खानका चलचित्रका विषयले भारतीय दर्शकलाई त छुन्छ नै यो चिनियाँ दर्शकका लागि पनि मिल्ने देखिन्छ ।
र यो खानको पछिल्लो चलचित्र दङ्गलमा पनि देखिन्छ । अझै पनि चीनका स्क्रिनमा चलिरहेको पारिवारीक स्पोर्टस ड्रामाले भारतीयले चलचित्रले विदेशमा पाउन सक्ने सफलताबारेका हरेक परम्परागत सोचाइ तोडेको छ । एक महिनाबीचमा १७ करोड ३० लाख डलर अर्थात १८ अर्ब रुपैयाँसहित यो चलचित्रले कुनै पनि भारतीय चलचित्रले भारतसहित अन्य कुनै देशमा कमाएको भन्दा बढी रकम सङ्कलन गरेको छ । चलचित्रमा देखाइएको बाबु छोरी सम्बन्ध, एक जनाको सपनाको लागि पारिवारीक योगदानजस्ता कुरा चिनीयाँ दर्शकले निकै रुचाए ।
यो सबैपछि यति भन्न सुरक्षित नै हुन्छ कि, चीनका चलचित्रका पारखीले आमिर खानको नाम र अनुहार चीनेका छन् अनि उनका कम्तीमा दुई तीनओटा चलचित्र हेरेका पनि छन् । यी स्टारले भारतीय चलचित्रका लागि अन्र्तराष्ट्रिय स्तरमा बजार खोलिदिएनन् मात्र उनको सफलताले विकासका लागि देशमा योगदान दिनुपर्छ भन्ने प्रेरणा चीनका दर्शकमा भरिदियो ।
आमिर खान यहाँसम्म पुग्नुमा सबै उनी नै निर्णायक हुन् । उनले आफैलाई भनेका छन् ‘ जब म कुनै चलचित्र छनोट गर्छु म र्सोच्दिन कि मेरा दर्शकले के मन पराउँछन् । किनकी म कहिलै पनि अनुमान लगाउन सक्दिन दर्शकले के मन पराउन सक्छन् । त्यसैले जब म कुनै चलचित्र छनोट गर्छु म जहिलै मेरो मनमा जान्छु’ । र अब आमीर खानले भविष्यमा लिने निर्णयले चीनका दर्शकको मनमा पनि पुग्ने निश्चित छ ।

(रोब केनले फोब्र्समा प्रकाशित गरेको लेख)

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL