Logo

विश्वकै महंगो पुरस्कार भएको ‘च्याप्यिन्स लिग’को फाइनल आज, मड्रिड र युभेन्टस भिड्दै

विश्वकै महंगो पुरस्कार भएको ‘च्याप्यिन्स लिग’को फाइनल आज, मड्रिड र युभेन्टस भिड्दै


बिजखबर संवाददाता
27
Shares

काठमाडौ । विश्वकै सवैभन्दा महंगो पुरस्कार भएको फुटवल प्रतियोगिता ‘च्याम्पियन्स लिग’ को फाइनल आज हुँदै छ । कार्डिफमा हुने सो फुटवल प्रतियोगितामा युइएफएले यस पटक १ दशमलव २६८९ विलियन युरो खर्च गर्ने भएको छ । जसमध्ये ६० प्रतिशत फिक्स र ४० प्रतिशत टिभी पोलका आधारमा वितरण गरिने छ ।

शनिबार हुने च्याम्पियन्स लिगको फाइलनमा रियल मड्रिड र युभेन्टसले फाइलनमा भिड्दै छन् । स्पेनी क्लब रियल मड्रिडले आज १५ औं पटक च्याम्पियन्स लिगको फाइनल खेल्न लागेको हो । त्यस्तै युभेन्टसले यसअघि ६ पटक च्याम्पियन्स लिगको फाइल खेलिसकेको छ ।

रियल मड्रिड च्याम्पियन्स लिगमा सर्बाधिक सफल क्लब हो । ११ पटक च्याम्पियन्स लिग जितिसकेको मड्रिडले आजको खेल जितेमा फेरी अर्को किर्तीमान बनाउने छ । कुनै क्लवले लगातार २ पटक च्याम्पियन्स लिगको उपाधी हात पार्न सकेको छैन । मड्रिडले गत बर्षको च्याप्यिन्स लिग पनि जितेको थियो । त्यसो त युभेन्टसले पनि ३ पटक च्याम्पियन्स लिग जितिसकेको छ ।

आज हुने फाइनल प्रतियोगिताको विजेता क्लबले १५ दशमलब ५ मिलियन युरो रकमका साथमा ट्रफी प्राप्त गर्ने छ । त्यस्तै खेलमा दोश्रो हुने अर्थात रनर अफले ११ मिलियन डलर युरो प्राप्त गर्ने छन् ।

त्यसो त च्याम्पियन्स लिगमा ३२ ओटा टिमले सहभागी भएवापत १२ दशमलव ७ मिलियन युरो प्राप्त गर्नेछन् । प्रत्येक खेलमा विजयी हुने टीमलाई १ दशमलव ५ मिलियन युरो र ड्र हुनेलाई ५ लाख युरो प्रदान गरिने छ ।

राउण्ड अफ १६ अर्थात उत्कृष्ट १६ मा छानिएका प्रत्येक टिमले ६ मिलियन युरो प्राप्त गर्ने छन् । खेलमा क्वाटर फाइलनमा समावेस भएका प्रत्येक क्लवले ६ दशमलव ५ मिलियन युरो प्राप्त गर्ने छन् । सेमि फाइलनमा ४ ओटा टिम सहभागी भएकमा प्रत्येकले ७ दशमलव ५ मिलियन युरो प्राप्त गर्ने छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL