Logo

आइपीओ निष्काशन गर्दै श्री एयरलाइन्स, बोलायो साधारण सभा

आइपीओ निष्काशन गर्दै श्री एयरलाइन्स, बोलायो साधारण सभा



काठमाडौं । श्री एयरलाइन्सले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको भदौ ९ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।

साढे दुई दशकदेखि आन्तरिक हवाई सेवामा संलग्न श्री एयरलाइन्सले हाल १६ प्रतिशत बजार हिस्सा ओगट्दै तेस्रो स्थान कायम गरेको छ। कम्पनीमा मित्तल परिवारको मात्रै ९९.८९ प्रतिशत सेयर लगानी रहेको छ।

कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहितको वार्षिक साधारण सभा असोज २ गते बिहान ११ बजे कम्पनीको रजिष्ट्रर्ड कार्यालयमा बोलाएको छ। सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पेस गर्ने र २०८२र८३ को लागि लेखापरीक्षक नियुक्त गर्ने विषयमा छलफल हुनेछ। साथै, आईपीओ निष्काशनका लागि आवश्यक प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि दिनेछ।

श्री एयरलाइन्सले हाल १० वटा बम्बार्डियर विमान सञ्चालन गरिरहेको छ, जसमा ३ जेट र ७ टर्बो प्रोप्स ९२ भाडामा० छन्। साथै, कम्पनीसँग ६ वटा एमआई–८ हेलिकप्टर र २ वटा एयरबस पनि सञ्चालनमा छन्। नेपालगञ्ज र धनगढीमा बलियो उपस्थिति कायम गरेको कम्पनीले हालै थपिएका ३ नयाँ टर्बो प्रोप्समार्फत पोखरा, सुर्खेतलगायत क्षेत्रमा सेवा विस्तार गरेको छ।

गत आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा कम्पनीले २ अर्ब ५७ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। यसअघि कम्पनीले सन् २०२४ मा ४ अर्ब ७ करोड २० लाख रुपैयाँ, सन् २०२३ मा ४ अर्ब २६ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ४५ करोड ९० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब ३८ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्