Logo

स्वात्तै घट्यो पोस्टपेडको रिचार्ज, एक दिनमै १ करोड घाटा, किन भइरहन्छ यस्तो ?

स्वात्तै घट्यो पोस्टपेडको रिचार्ज, एक दिनमै १ करोड घाटा, किन भइरहन्छ यस्तो ?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आफ्नो मोवाइलमा ब्यालेन्स हुँदाहुँदै पनि नेपाल टेलिकमको पोष्टपेड ग्राहकहरुका मोवाइल अचानक ‘वान वे’ हुन पुग्यो । एकछिन अघिसम्म देखाएको ब्यालेन्स छिनमै गायव भयो । जसले गर्दा विहीबार टेलिकमका पोस्टपेड ग्राहकहरुले मोवाइल फोनमा कुरा गर्न सकेनन् ।

विलिङ सिस्टम र रिचार्जमा पटक–पटक समस्या झेल्दै आएका टेलिकमका ग्राहकको हिजो अचान ब्यालेन्स नै गायव हुन गयो । केही समय अघि मात्र टेलिकमले आफ्नो विलिङ सिस्टमलाई अपग्रेड गरेको थियो । उसले २ हप्ता अघि पुरानो विलिङ सिस्टमलाई अपग्रेड गरी ‘रियल टाइम’ विलिङ सिस्टम लागू गरेको थियो । तर, सोही विलिङ सिस्टम लागू गर्दा केही समस्या आएकाले हिजो पोस्टपेड ग्राहकहरुमा समस्या आएको टेलिकमले जानकारी दिएको छ ।

रियल टाइम लागू गरेपछिको पहिलो महिनाको अन्त्य भएकाले पनि हिजो केही समस्या उत्पन्न भएको टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् । पहिला विलिङ पछि देखिने गरेको र रियल टाइम लागूसँगै तत्काल देखिने भएकाले त्यसमा केही समस्या उत्पन्न भएको हो । साथै, के भएर यस्तो भएको हो भन्ने सम्बन्धमा टेलिकमले आज बेलुका सम्ममा विज्ञप्ती नै जारी गर्ने तयारी गरेको उनले जानकारी दिइन् । सोही विज्ञप्तीमार्फत नै आफ्नो आधिकारीक धारण सार्वजनिक गरिने समेत उनको तर्क छ ।

रिचार्ज र विलिङमा समस्या देखिदा पटक–पटक आम्दानी गुमाउँदै आएको टेलिकमले हिजो पनि त्यति समस्या व्यहोर्न बाध्य भयो । एक दिन टेलिकमका पोस्टपेट ग्राहकले फोनमा कुरा गर्न नपाउँदा कम्पनीले १ करोड रुपैयाँभन्दा बढी ब्यापार गुमाउन पुगेको छ । जुन टेलिकमको लागि ठूलो क्षति हो ।

टेलिकमका अनुसार हाल उसका पौने ५ लाख पोस्टपेड ग्राहक छन् । उनीहरुले दैनिक औषतमा २३ रुपैयाँको फोन गर्ने गरेका छन् । एक दिन पोस्टपेड फोनमा समस्या आउँदा टेलिकमले १ करोड ९ लाख रुपैयाँभन्दा बढी घाटा व्यहोर्न वाध्य भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL