Logo

देशको अर्थतन्त्र रेमिटान्सको आडमा, सोसल मिडिया र इलेक्ट्रिक गाडिले राजस्वमा दबाब

देशको अर्थतन्त्र रेमिटान्सको आडमा, सोसल मिडिया र इलेक्ट्रिक गाडिले राजस्वमा दबाब



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय फस्टाएको सोसल मिडिया र इलेक्ट्रिक गाडि आयातका कारण राजस्व संकलनमा दबाब सिर्जना भएको बताए । अहिले सोसल मिडियामार्फत अनलाईनमा आधारित रहेर व्यापार गर्ने क्रम बढेको र जसका कारण राजस्व संकलनमा समस्या भई दबाब सिर्जना भएको बताए ।

laxmi

यसैगरी अघिल्ला वर्षहरुमा राजस्व संकलनको मुख्य स्रोत सवारीसाधन रहेकोमा पछिल्लो समय इलेक्ट्रिक गाडिमा दिइएको कर छुटका कारण अहिले राजस्व संकलनमै गिरावट आएको छ । भन्सार छुटका कारण नेपालमा इलेक्ट्रिक गाडि मात्रै भित्र्ने क्रम बढेकाले त्यसको प्रत्यक्ष असर राजस्व उठौतीमा परेको समेत उनले अधिकारीले जानकारी दिए ।

यसैगरी देशको अर्थन्त्र रेमिटान्सका कारण टिकिरहेको र यो संरचनागत रूपमा कमजोर रहेको समेत उनले जानकारी दिए । ‘आन्तरिक उत्पादन र राजस्व बढाउने काम भएपछि यसले नजिता दिन सकिरहेको छैन,’ उनले भने, ‘तसर्थ हामी दिगो विकासको संभावना खोजिरहेका छौं ।’

यसैगरी अहिले उद्योगी व्यवसायीले बैंकले १८–२० प्रतिशत ब्याजदर लिएको अनावश्यक हल्ला फैल्याउने काम गरेको उनको आरोप थियो । ‘यदि कसैले त्यसो तहको ब्याज लिएको छ भने राष्ट्र बैंकमा स्टेटमेन्ट सहित आउनुस् हामी कारबाही गर्छौं,’ उनले भने, ‘तर बैंकहरुले लिँदै नलिएकोे ब्याज तिर्यौं भनेर हल्ला फैलाउने काम बन्द गर्नुस ।’ आफुहरुले बजारलाई ब्याजदर सन्तुलनको जिम्मा दिएको भन्दै अबका दिनमा नीति निर्माण गर्दा पनि सबैलाई सन्तुलनमा राखिने उनले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्
MBL