Logo

हतारमा खुलामञ्च सारियो बसपार्क, तर अझै सुरु भएन काठमाडौ टावरको निर्माण !

हतारमा खुलामञ्च सारियो बसपार्क, तर अझै सुरु भएन काठमाडौ टावरको निर्माण !


रक्षा रेग्मी
54
Shares

काठमाडौं । पुरानो बसपार्कमा बन्न लागेको ‘काठमाडौं भ्यु टावर’ को निर्माण कार्य हालसम्म शुरु हुन सकेको छैन । एक महिनाअघि टावर बनाउन भन्दै बसपार्कको पार्किङ खुल्लामञ्चमा सारिए पनि हालसम्म निर्माणको काम नै शुरु नभएको हो । पुरानो बसपार्कको काठमाडौं टावर बन्ने जग्गा हाल जस्ताले बारेर राखिएको छ ।

जमिन खन्ने पाइलिङ मेसिन नेपालमा नपाइएकोले काम शुरु गर्न ढिलाई भएको जलेश्वर, स्वछन्द र विकोइका प्रवन्धक मनोज भेटुवालले जानकारी दिए । ‘पाइलिङ मेसिन भारतबाट ल्याउनुपर्ने भएकोले काम शुरु नभएको हो,’ उनले भने, ‘मेसिन ल्याउने प्रक्रिया शुरु गरिसकेको छ आगामी साता सो मेसिन भन्सार आइपुग्ने छ ।’ ठूलो योजना भएकोले निर्माण कार्य तोकिएको अवधिभित्र सम्पन्न गर्न कठिन हुने उनले बताए । नेपालका कुनै पनि ठूला योजना भनेकै समयमा नसकिएको र भ्युट टावरको अवस्था पनि त्यस्तै रहेको उनको भनाइ थियो ।

यता काठमाडौं महानगरपालिकाले भने चाँडै नै निर्माण कार्य नथाले पार्किङलाई पून बसपार्क सार्ने बताएको छ । ‘बसपार्कबाट पार्किङ सारेको १ महिना वितिसक्दा पनि काम शुरु भएको छैन,’ महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, ‘केही दिनमा काम शुरु नगरे पार्किङलाई पुरानो बसपार्क नै सारिन्छ ।’ त्यस्तै विभिन्न बहाना देखाएर निर्माण कार्य शुरु नगरी ढिलाई गरेमा अवधि नथप्ने महानगरले जानकारी दिएको छ । महानगर र कम्पनीले २ बर्षभित्र निर्माण सम्पन्न गर्ने भन्दै सम्झौता गरेका छन् ।
२०७२ को शुरुबाट टावरको निर्माण शुरु गरिने भनिएपनि भुकम्पले काम रोकिएको थियो । पहिला २५ तले बनाउने भनिएपनि भुकम्पपछि टावर १२ तलाको बनाउने निणर्य गरिएको हो । त्यस्तै त्यसपछि नाकाबन्दीले गर्दा काम शुरु हुन सकेन । कम्पनीले बनाउन लागेको १२ तले काठमाडौं भ्यु टावरको निर्माण शुरु गरेको १८ महिनामा सक्ने लक्ष्य राखेको छ ।

बसपार्कमा बहुउद्देश्यीय भवन बनाउने विषय तत्कालीन कार्यकारी अधिकृत गणेश राईले २०६८ सालमा जारी गरेको काठमाडौ घोषणापत्र उल्लेख गरिएको थियो । त्यस लगत्तै अर्का कार्यकारी अधिकृत केदारबहादुर अधिकारीको कार्यकालमा प्रस्ताव माग गरिएको थियो । त्यस्तै अधिकारी पछिका कार्यकारी अधिकृत लक्ष्मण अर्यालको कार्यकालमा सो टावरको विषयमा लागत अध्ययन टोली गठन गरिएको थियो । तर, विभिन्न कानुनी तथा अन्य बाधाले गर्दा भवन निर्माणमा ढिलाइ भएको हो । अहिले महानगरका कार्यकारी अधिकृत रुद्रसिंह तामाङको कार्यकालमा पुन सो कामलाई निरन्तरता दिइएको हो । तर कम्पनीले विभिन्न बहानामा काम शुरु गरेको छैन् ।

कम्पनीका प्रवन्धक भेटुवालका अनुसार सो टावरको लागत साढे ३ अर्व अनुमान गरिएको छ । बसपार्कमा बन्न लागेको टावरको निर्माण लागत सुरुमा ८१ करोड भनिएको थियो । नाकाबन्दी पछि सिमेन्ट, छडलगायत निर्माण सामग्रीको भाउ बढेकोले लागमा बृद्धि भएको बताइएको छ ।

टावरले ओगट्नेमध्ये २० प्रतिशत स्थान पार्किङका लागि छुट्याइने छ । टावरको सवैभन्दा तल अर्थात ग्राउन्ड फ्लोरमा अरनीको बसको पार्किङ र माथि २ ओटा तलामा उपत्यकाका सार्वजनिक सवारी तथा हलुका गाडीहरुको पार्किङ रहनेछ ।

सो भवनमा व्यवस्थित सिनेमा हल, थिएटर, स्वीमिङ पुल, रेष्टुराँ, बैंक तथा कामनपाको वडा कार्यालय समेत रहने उनले जानकारी दिए । नेपाली संस्कृति झलकने विभिन्न स्वदेशी उत्पादनका साथै विदेशी सामग्रीहरु राखिने छ । सो भवन मौलिकपन झल्काउन सोही अनुरुपका बस्तुहरु प्रतिविम्वको रुपमा राख्ने बताइएको छ ।

सम्झौता अनुसार ति कम्पनीले आफ्नो लगानीमा भवन निर्माण गरी ३० बर्षसम्म चलाउनेछन् । त्यस्तै सुरु गरेको ५ वर्षभित्र सो टावर बनाइसक्नुपर्ने तथा त्सपछिका २५ बर्ष सञ्चालन अवधि रहनेछ । ३० बर्षपछी कम्पनीले सो भवन काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गर्न पर्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL