Logo

चाडपर्व लक्षित नयाँ नोट २६ गतेदेखि साट्न पाईने, वितरण हुने स्थान तोकिँदै

चाडपर्व लक्षित नयाँ नोट २६ गतेदेखि साट्न पाईने, वितरण हुने स्थान तोकिँदै



काठमाडौं । दशैं, तिहारलगायत चाडपर्वका लागि आवश्यक नयाँ नोटहरु भदौ २६ गतेदेखि वितरण गरिने भएको छ । नेपाल राष्ट्र बैंकले दशैं, तिहारलाई लक्षित गरी ५, १०, २०, ५० र १०० का नयाँ नोट सटही २६ गतेदेखि खुलाउने तयारी गरेको हो ।

laxmi

भदौ २६ गतेदेखि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराईने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जानकारी दिएको छ ।

यसरी नयाँ नोट साट्ने स्थानको सूची भने राष्ट्र बैंकले भदौ २० गते मात्रै सार्वजनिक गर्ने बताएको छ । राजधानी बाहिर पनि बैंक तथा वित्तीय संस्थाका साथै राष्ट्र बैंकको प्रदेश कार्यालयबाट पनि नयाँ नोट साट्न सकिने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL