Logo

गभर्नर निलम्बनको विरोधमा राष्ट्र बैंकमा प्रर्दशन सुरु, झुण्ड्याईयो कालो व्यानर

गभर्नर निलम्बनको विरोधमा राष्ट्र बैंकमा प्रर्दशन सुरु, झुण्ड्याईयो कालो व्यानर



काठमाडौं । राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीको निलम्बनको विरोधमा नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिले विरोध सुरु गरेको छ । संघले बैंकको केन्द्रीय कार्यालय बालुवाटारका साथै देशभरका सम्पूर्ण कार्यालयमा एकैसाथ कोणसभा तथा कालो व्यानर झुण्डाएर विरोध सुरु गरेको हो ।

laxmi

उक्त व्यानरमा ‘केन्द्रीय बैंकको स्वायत्ततामाथिको नाङ्गो हस्तक्षेप बन्द गर,’ ‘निराधार तथा कपोलकल्पित आरोपमा गभर्नर श्री महाप्रसाद अधिकारी माथि सुरु गरिएको कारवाही प्रक्रिया अबिलम्ब फिर्ता गर’ र ‘संकटोन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्धारका लागि तत्काल विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर’ भन्ने नाराहरु समावेश गरिएको छ ।

कोणसभालाई संवोधन गर्दै नेपाल राष्ट्र बैंक कर्मचारी संघका केन्द्रीय अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले जब जब राज्य संचालकहरू वित्तीय प्रणालीको दुरुपयोग गरी गलत क्रियाकलापमा लिप्त वित्तीय माफियाहरुको चंगुलमा फस्ने गरेको र तब तब नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमण हुने गरेको बताए । हालको गभर्नर माथिको आक्रमण नयाँ नभई यो भन्दा अगाडि पनि नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमणहरु हुने गरेको उनको भनाई थियो ।

साथै बैंकको नेतृत्व माथि हुने गरेको आक्रमणका बेला नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय बैंकको स्वायत्तताको रक्षाका लागि बिरोधका कार्याक्रमहरुमा उत्रनु परेको बताए । ‘यस अघि पनि केन्द्रीय बैंकका गभर्नरहरु क्रमशः कल्याण विक्रम अधिकारी, तिलक बहादुर रावल र विजयनाथ भट्टराईलाई तत्कालिन सरकारले गरेको बर्खास्ती तथा निलम्बनको विरोधमा नेपाल राष्ट्र बैंकका कर्मचारीहरु अख्तियार देखि अदालतसम्म गएर आन्दोलन गरेका थियौं,’ उनले भने, यस पटक पनि गभर्नर माथि गरिएको कारवाही फिर्ता लिन नेपाल सरकारलाई अनुरोध गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL