Logo

अब बैंकले विद्युतीय माध्यमबाटै ५ लाखसम्मको कर्जा दिन सक्ने, यस्तो छ राष्ट्र बैंकको नयाँ मार्गदर्शन

अब बैंकले विद्युतीय माध्यमबाटै ५ लाखसम्मको कर्जा दिन सक्ने, यस्तो छ राष्ट्र बैंकको नयाँ मार्गदर्शन



काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले ५ लाख रुपैयाँसम्म विद्युतीय माध्यमबाट कर्जा प्रवाह गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन, २०७८ जारी गर्दै यस्तो व्यवस्था गरिदिएको हो ।

laxmi

मार्गदर्शन अनुसार बैंक तथा वित्तीय संस्थामा तलवी खाता रहेका वा पेशागत वा व्यवसायिक आय जम्मा हुने ग्राहकको हकमा अधिकतम ५ लाख रुपैयाँसम्म र अन्य ग्राहकको हकमा ३ लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्न सकिने छ । यस्तो कर्जाको समयसिमा ३ बर्षको हुने राष्ट्र बैंकको मार्गदर्शनमा उल्लेख छ । यस्तो कर्जा ऋणीले एकैपटक वा किस्तामा भुक्तानी गर्न पाउने सुविधा हुनेछ ।

प्रतिकुल समयमा ग्राहकको बैंकसम्म भौतिक उपश्थिति कम गर्न यस्तो कर्जाको व्यवस्था गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

कोरोनाजस्ता महामारीमा पनि यस्तो व्यवस्थाले सहयोग पुर्याउने मार्गदर्शनमा उल्लेख गरिएको छ । यस्तो कर्जा भुक्तानी र ऋण असुलीका लागि कर्जा प्रदायक बैंक वित्तीय संस्थाले कुनै अनलाइन भुक्तानी एजेन्टसँग सहकार्य गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ।

[googleapps domain=”drive” dir=”file/d/1nAoviKj33rKf0k506QHjw6IWcYjnq6XL/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL