Logo

सार्ककै वेबसाईट अपडेट छैन, कनेक्टिभिटी कहाँबाट ?

सार्ककै वेबसाईट अपडेट छैन, कनेक्टिभिटी कहाँबाट ?


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

११ मङ्सिर, काठमाडौं । काठमाडौंमा जारी सार्क सम्मेलनमा सबैभन्दा बढी चर्चा पाएको शब्द हो ‘कनेक्टिभिटी’ । सार्क सदस्य राष्ट्रबीच सम्बन्ध नजिक ल्याउने भन्दै यो शब्दको प्रयोग भइरहेको छ । तर, कनेक्टिभिटी सुचना प्रविधिसँग बढी मेल खाने शब्द हो । सार्कमा सुचना प्रविधिको व्यापक सदुपयोग सहित परिवर्तनका ठूला विषयमा कुरा भइरहँदा सार्क कनेक्सनको माध्यमको रूपमा रहेको यसको आधिकारीक वेबसाईट भने अपडेट नै छैन ।

वेबसाईट अपडेट हुनु वा नहुनुले सार्क सम्मेलनसँग त्यती मतलब राख्दैन । तर सम्मेलन सार्कको लागि भने महत्वपूर्ण र विशिष्ट आयोजना हो । यसका बारेमा विश्वभर जानकारी राख्ने प्रयास गरिन्छ । सार्कले पनि आफ्नो आधिकारीक सुचनाको लागि वेबसाईट निर्माण गरेको हो । तर आधिकारीक वेबसाईट भने पुुराना विषयले मात्र भरिएका छन् । सार्कको वेबसाईटमा काठमाडौंमा आयोजना भइरहेको सार्क सम्मेलनको कुनै सुचना त छैन । त्यो भन्दा पनि सार्क सदस्य राष्ट्रका बारेमा राखिएका महत्वपूर्ण जानकारी पनि निकै पुराना मात्र छन् ।

सम्मेलनको समयमा यसका महत्वपूर्ण तस्विर प्रयोग हुनुपर्ने ठाउँमा पुराना भेटघाटका तस्विरले मात्र ठाउँ ओगटेका छन् । सार्कलाई बुझ्ने र यससँगको कनेक्सन गराउने माध्यम हो, सार्कको आधिकारीक वेबसाईट ।

छिनभरमै अपडेट भइरहने संयुक्त राष्ट्रसङ्घ, र युरोपियन युनियनका सोसल नेटवर्किङ् फलोअर लाखौंको सङ्ख्यामा छन् । त्यसैले कनेक्टिभिटी एउटा सजिलो माध्यमको रूपमा रहेको सार्क वेबसाईटलाई पनि समयानुसार अपडेट गराउने कि ?

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL