Logo

धान र कोदोको उत्पादन घट्ने, मकैको भने बढ्ने

धान र कोदोको उत्पादन घट्ने, मकैको भने बढ्ने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । यो वर्ष धान र कोदोको उत्पादन घट्ने भएको छ । यस वर्ष गत बर्षको तुलनामा धान उत्पादन १० प्रतिशतले घट्ने कृषि विकास मन्त्रालयले जानकारी दिएको छ । कमजोर मनुसुन तथा समयमै मल उपलब्ध हुनसक्दा धेरै खेती योग्य जमिन बाझो रहन गएकोले यस वष घानको उत्पादन घट्ने अनुमान गरिएको मन्त्रालयले बताएको छ । ‘गत आवमा ४७ लाख ८८ हजार मेट्रिक टन उत्पादन भएको थियो तर चालू आवमा ४२ लाख ९९ हजार मेट्रिक टनमात्र उत्पादन हुने अनुमान गरिएको छ,’ मन्त्रालयले सुरोज पोख्रेलले भने ।

यस वर्ष धान खेती हुने जमिन पनि ६१ हजार हेक्टरले घटेको छ । जुन गत आवको तुलनामा ४ प्रतिशतले कमि हो । स्थानीय जातका धानको तुलनामा कृषि विज्ञले सिफारीस गरेका धानको उत्पादन बढी हुँदै आएकोमा सोही अनुसारको विऊ उपलब्ध गराउन नसक्दा पनि उत्पादनमा कमि आएको मन्त्रालयले जानकारी दिएको छ ।

चालू आवमा कोदोको उत्पादन पनि २ प्रतिशतले घट्ने अनुमान गरिएको छ । गत आवमा ३ लाख ८ हजार मेट्रिक टन उत्पादन भएकोमा चालू आवमा ३ लाख २ हजार मेट्रिक टनमात्र उत्पादन हुने अनुमान गरिएको छ ।

आलू आवमा कमैको उत्पादन भने बढ्ने अनुमान गरिएको छ । गत आवको तुलनामा कमै उत्पादन ४ प्रतिशतले बढ्ने मन्त्रालयले जानकारी दिएको छ । गत आवमा २१ लाख ४५ हजार मेट्रिक टन उप्पादन भएकोमा चालू आवमा बृद्धि भइ २२ लाख ३१ हजार मेट्रिक टन उत्पादन हुने मन्त्रालयको अनुमान छ । यो वर्ष कमै खेती बढ्नुका साथै बेमौसमी तथा बसन्ते खेती समेत बढेकाले कमै उत्पादन बढ्ने अनुमान गरिएको हो ।

rice-production

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL