Logo

एक लाख देऊ उद्योग चलाऊ

एक लाख देऊ उद्योग चलाऊ


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । तराइमा भइरहेको अन्दोलन कालोबजारी, चन्द तथा फिरौती उठौती तर्फ उन्मुख हुँदै गएको छ । पछिल्लो समय उद्योगको प्रकृति हेरी संचालन गर्न दिए वापत दैनिक १ लाख रुपैयाँसम्म माग्ने गरेको सम्बद्ध उद्योगीहरु बताउँछन् ।
तराइमा आन्दोलनकारीले दैनिक जसो पैसा लिएर उद्योग संचालन गर्न दिने गरेको एक उद्योगीले बताए । ‘हाल उद्योगको प्रकृति हेरेर आन्दोलकारीले उद्योग संचालन गरे वापत दैनिक ५० हजारदेखि १ लाख रुपैयाँसम्म फिरौती माग्न थालेका छन्,’ एक व्वयसायीले नाम नवताउने सर्तमा बिजखबरलाई भने, ‘कतिपयले पैसा दिएर भित्रभित्रै उद्योग संचालन गर्न थालेका छन् ।’

आन्दोलनकारीको यस्ता खालका गैरकानुनी आचरणले वास्तविक व्यवसायीहरु धरासयी बन्दै गएको समेत ती व्यवसायीले गुनासो गरे । हाल व्यवसायीहरुले ब्ल्याकमा डिजेल किनेर उद्योग संचालन गर्दै आएका छन् । त्यसमा पनि बन्दकर्ताले उद्योग चलाएवापत पैसा उठाउन थालेपछि झन समस्या परेको सम्बद्ध व्यवसायीहरु बताउँछन् । यस्तै, ढुवानी भाडामा पनि झण्डै तेब्बरले बृद्धि भएको छ । सामान्य समयमा १७ हजार रहेको ढुवानी भाडा बढेर हाल झण्डै ५० हजार पुगेको छ । अहिलेको अवस्थामा उद्योग संचालन गर्नुभन्दा बन्द गरेर बस्नु नै उचित रहेको समेत व्यवसायीहरुको भनाइ छ ।

विशेषगरी तराइका सिमेन्ट उद्योगहरुमा यस्तो समस्या देखिएको एक उद्योगीले जानकारी दिए । ‘आन्दोलनकारीले सिमेन्ट उद्योग संचालन गर्न दिएवापत दैनिक १ लाख रुपैयाँ माग्छन्,’ नाम नवताउने सर्तमा एक सिमेन्ट उद्योगीले भने, ‘त्यस्तै फ्याक्ट्रीबाट सामान लोड गरेर निकाल्दा पनि प्रति ट्रक १० हजार रुपैयाँ लिने गरेका छन् ।’ आन्दोलनकारीले फ्याक्ट्री चलाउँदा तथा सामान लोड गरेर निकाल्दा दुवै पटक फिरौती उठाउँदा व्यवसायीलाई ठूलो समस्या परेको उनको गुनासो छ ।

धेरैजसो ठूला उद्योगहरु तराइक्षेत्रमा रहेका छन् । सिमेन्ट, रड, चिनी, ध्यू, तेल, खाद्यान्नलगायतका उद्योगहरु तराइमै बढी छन् । हाल तराइमा २ हजार २ सयभन्दा बढी उद्योगहरु बन्द रहेको नेपाल उद्योग वाणिज्य महासंघले बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This