Logo

अमेजनले एमजीएम फिल्म स्टुडियो किन्ने, ९ अर्ब डलरमा सम्झौताको तयारी

अमेजनले एमजीएम फिल्म स्टुडियो किन्ने, ९ अर्ब डलरमा सम्झौताको तयारी



काठमाडौं । विश्वको सबैभन्दा बृहद अनलाइन इकमर्श प्लेटफार्मको रुपमा रहेको अमेजन डॉट कॉम इंकले अमेरिकी फिल्म स्टुडियो एमजीएम खरिद गर्ने तयारी थालेको छ ।

laxmi

यस विषयमा जानकार एक व्यक्तिलाई उद्धृत सोमबार सार्वजनिक एक रिपोर्टमा यस्तो दाबी गरिएको छ । अमेजनले यसका लागि ९ अर्ब डलर रकम खर्च गर्ने रिपोर्टमा बताइएको छ ।

सो रिपोर्टमा एमजीएमसँग अमेजनको छलफलको स्थिति अस्पष्ट रहेको र सम्झौता सम्भव रहेकोबारे अहिले नै बताउन नसकिने भन्दै सम्झौता असम्भव हुन सकने पनि बताइएको छ ।

‘जेम्स बन्ड’ फ्रेंचाइजीसँगै एमजीएमसँग फिल्म स्टूडियो, एपिक्स केबल च्यानलको पनि स्वामित्व छ । यसले विभिन्न टिभी कार्यक्रमहरू पनि बनाउँदछ । द हन्डमेड टेल, फार्गो, वाइकिंग्स र शार्क ट«याकजस्ता लोकप्रिय कार्यक्रमहरू एमजीएमले नै निर्माण गरेको हो ।

अमेजनले भने बाहिर सार्वजनिक भएको रिपोर्टमा टिप्पणी गर्न अस्वीकार गर्दै अफवाह वा अनुमानमा टिप्पणी नगर्ने बताएको छ । डिसेम्बरमा, रेोयटर्सले फिल्म स्टुडियोले बिक्रीको लागि ध्ययन गरिरहेको रिपोर्ट सार्वजनिक गरेको थियो ।

डिसेम्बरमा स्टुडियोले आफ्नो लगानी बैंक मोर्गन स्टेनली र लायनट्री एलएलसीलाई यसबारेमा जानकारी गराउँदै औपचारिक बिक्री प्रक्रिया सुरू गरेको रिपार्टमा थियो ।–रोयटर्स

प्रतिक्रिया दिनुहोस्
MBL