Logo

राष्ट्र बैंकले भन्यो, देशको अर्थतन्त्र नकारात्मक हुँदैछ, गरिवी पनि बढ्ने

राष्ट्र बैंकले भन्यो, देशको अर्थतन्त्र नकारात्मक हुँदैछ, गरिवी पनि बढ्ने


बिजखबर संवाददाता
0
Shares

रामराजा श्रेष्ठ,

काठमाण्डौ । भारतको अघोषित नाकाबन्दीले देशको आर्थिक बृद्धिदर नै नकारात्मक हुने देखिएको छ । भर्खरै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक तथ्याङ्कले यस्तो देखाएको हो । चालू आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर जिरो दशमलव ९ प्रतिशत ऋणात्मकदेखि १ दशमलव ७ प्रतिशतसम्म हुने प्रक्षेपण गरेको छ । गत आवमा पनि भुकम्पनका कारण देशको आर्थिक बृद्धिदर ३ प्रतिशत मात्र रहेको थियो ।

बन्दका कारण कृषि, व्यापार, पर्यटनलगायत सवै क्षेत्रको बृद्धिदर घटेकाले अर्थतन्त्रमा ठूलो असर गर्ने राष्ट्र बैंकको प्रक्षेपण छ । मलखाद, विजविजन तथा ढुवानीको समस्याले गर्दा कृषि क्षेत्रमा पनि ठूलो भार पर्ने देखिएको छ । होटल रेष्टुरा तथा क्याटरिङ व्यवसाय चल्न नसक्दा मासु तथा दुधको माग पनि घट्न गइ त्यसको समेत ठूलो प्रभाव पर्ने भएको छ । हाल होटलको अकुपेन्सी २० प्रतिशतभन्दा कम रहेको छ । २०४५ सालमा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिव भण्डै ४९ प्रतिशत रहेकोमा २०७२ सालमा आइपुग्दा ३३ दशमलव १ प्रतिशतमा झरेको छ । जीडीपीमा ठूलो योगदान दिँेदै आएको कषि क्षेत्र सिथिल हुँदा अर्थतन्त्रमा ठूलो असर गर्ने देखिएको छ ।

भारतको अघोषित नाकाबन्दी र भुकम्पले गर्दा यस वर्ष गरिवीको संख्या पनि बढ्ने भएको छ । गत वैशाख १२ को विनासकारी भूकम्प र सो पश्चातका परकम्पहरुलेअ र्थतन्त्रमा करिव ७ खर्ब ७ अर्व रुपैयाँ बरावरको क्षति भएको आँकलन गरिएको थियो । यसमध्ये कुल गाहस्थ्र्य उत्पादनमा करिव रु ३६ अर्ब रुपैयाँ बराबरको क्षतिभएकोले गत आर्थिक वर्षको आर्थिक वृद्धिदरमा १ दशमलव ५ प्रतिशत बिन्दुले न्यूनता आएको थियो । जसले गर्दा साढे २ प्रतिशतदेखि साढे ३ प्रतिशतसम्म गरिवी बढ्ने राष्ट्र बैंकले प्रक्षेपण गरेको छ ।

मूल्यमा असर

अघोषित नाकाबन्दीको प्रभाव मुद्रास्फीतिमा क्रमश असर पर्दै गएको देखिएकोले आर्थिक वर्ष २०७२/७३ मा मुद्रास्फीतिलाई ८ दशमलव ५ प्रतिशतमा सीमित राख्ने लक्ष्य हासिल गर्नु चुनौतिपूर्ण देखिएको छ । आव २०७२/७३ को पहिलो महिना साउनमा मुद्रस्फीतिदर ६ दशमलव ९ प्रतिशत रहेकोमा दोस्रो महिना भदौमा ७ दशमलव २ प्रतिशत र तेस्रो महिना असोजमा ८ दशमलव ३ प्रतिशतमा पुगिसकेको छ । खाद्यान्नमध्ये व्यापार नाकाबन्दीको प्रभाव हाल दालमा देखिएको छ । असोजमा दालको मूल्य वृद्धिदर ३४ दशमलव ६ प्रतिशतले बढेको छ । यस अवधिमा आपूर्ति व्यवस्था सहज हुन सकेन भने नाकाबन्दीको अबको प्रभाव खाने तेल र त्यसपछि चामलको मूल्यमा पर्ने देखिएको छ । आव २०७१/७२ मा २५ अर्व रुपैयाँ बरावरको धानचामल आयात गरिएको थियो । यदि आयात हुन नसकेमा त्यसमा पनि प्रभाव पर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

आयत निर्यातमा असर

आर्थिक वर्ष २०७२/७३ को पहिलो ३ महिनामा कुल वस्तु निर्यातमा पनि उल्लेख्य ह्रास आएको छ । गत वर्षको सोही अवधिको तुलनामा २५ दशमलव ४ प्रतिशतले ह्रास आएको छ । भारतको अधोषित नाकाबन्दीका कारण आयातमा पनि ३१ दशमलव ९ प्रतिशतले ह्रास आएको छ । जसमा भारततर्फको निकासीमा उल्लेख्य गिरावट आउको छ । यस अवधिमा भारततर्पmको निर्यात अघिल्लो वर्षको सोही अवधिमा ६ दशमलव ४ प्रतिशतले घटेकोमा समीक्षा अवधिमा ३५ दशमलव ९ प्रतिशतले घटेको छ । खासगरी भारत तर्फ जिङ्क शिट, जुस, पोलिष्टर धागो, लत्ताकपडा लगायतका वस्तुहरुको निर्यातमा उल्लेख्य ह्रास आएको छ । भारत तर्फको आयातमा भने मुख्यतया पेट्रोलियम पदार्थ, एम.एस.विलेट, खाद्यान्न, सिमेन्ट, औषधि लगायतका वस्तुहरुमा उल्लेख्य परिमाणमा कमी आएको छ ।

भारतको अघोषित नाकाबन्दीले देशको अर्थतन्त्रमा पारेको असरको पुर्ण पाठ

प्रतिक्रिया दिनुहोस्
MBL