Logo

विदेशमा अलपत्र नेपालीको भोलीबाट उद्धार, युएई र म्यानमारबाट २ सय बढी नेपाली फर्किदै

विदेशमा अलपत्र नेपालीको भोलीबाट उद्धार, युएई र म्यानमारबाट २ सय बढी नेपाली फर्किदै



काठमाडौं । विदेशमा अलपत्र परेका नेपालीको उद्धार भोली अर्थात शुक्रबारदेखि सुरु हुने भएको छ । कोरोनाको महामारीपछि रोजागरी गुमाएका तथा अन्य विभिन्न प्रयोजनका लागि विदेश पुगेर अलपत्र परेका नेपाली नागरिकलाई लिएर शुक्रबार २ वटा जहाज नेपाल आउने भएका हुन ।
विदेशमा रहेर समस्यामा परेका नेपालीलाई ल्याउने तयारी सरकारले गरेसँगै भोलि संयुक्त अरब इमिरेट्स (युएई) र म्यानमारबाट एक–एक जहाज नेपाल आउन लागेका हुन् ।

laxmi

युएई तथा म्यानमारबाट औपचारिक रुपमा पत्र नआएपनि मौखिक जानकारी आईसकेको अध्यागमन विभागले जानकारी दिएको छ । विभागका अनुसार भोलि दुईवटा जहाज नेपाली नागरिकलाई लिएर नेपाल आउन लागेका हुन ।

विदेशमा रहेका नेपालीहरूबाट पहिलो चरणमा लकडाउनका कारण रोजगारीका लागि विदेश गएर भिसा सकिएका, घर फिर्ती केन्द्रमा रहेका, आममाफी पाएका, जेष्ठ नागरिक, महिला, बिरामी, परिवारलाई भेट्न गएका, भिषा सकिएर चेकआउट भएका र आफन्त बितेर अन्तिम संस्कारमा आउनुपर्नेहरूलाई स्वदेश ल्याउने निर्णय सरकारले गरेको थियो ।

पहिलो चरणमा अत्यन्तै समस्यामा परेका नेपालीलाई फिर्ता ल्याउनका लागि ‘एक्सन प्लान’ अर्थात् ‘नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी कार्ययोजना, २०७७’ समेत बनाइसकिएको छ । त्यसैअनुसार पहिलो चरणमा भोलि केही नेपालीलाई नेपाल ल्याउन लागिएको छ ।

२६ वटा शीर्षक बनाएर भारत र तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई दैनिक ३ हजार ५ सयको दरले प्रत्येक दिन ल्याउने कार्ययोजना सरकारले बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL