Logo

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा विष्णुप्रसाद गैरे विजयी, विपक्षी पोखरेल ४७ मतले पराजित

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा विष्णुप्रसाद गैरे विजयी, विपक्षी पोखरेल ४७ मतले पराजित



काठमाडौं । वैदेशिक रोजगार व्यावसायी संघको अध्यक्षमा विष्णुप्रसाद गैरे विजयी भएका छन् । मंगलबार काठमाडौंस्थित हायात होटलमा भएको साधाराणसभाले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । साधारणसभामा कुल ६ सय १९ मत खसेकोमा गैरेले मात्रै ३ सय ३० मत प्राप्त गरेका थिए । यस्तै उनका प्रतिपक्षी सरोजकुमार पोखरेललाई उनले ४७ मतले पराजित गरेका हुन । पराजित पोखरेलले भने कुल २ सय ८३ मत प्राप्त गरेका थिए ।

अध्यक्षमा निर्वाचित गैरे नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यावसायी फोरमका पूर्वअध्यक्ष एवं अक्सन इन्टरनेशनल प्रालिका सञ्चालक हुन । यस्तै साधारण सभाबाट संघको प्रथम उपाध्यक्षमा कमल तामाङ विजयी भएका छन । यसैगरी महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेघनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङ विजयी भएका छन् ।

संघको सदस्यहरुमा कर्णराज कटुवाल, दिनेश कुमार राय, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बु, विजय लामा, बाबुलाल मगर, केशवराज न्यौपाने, छविलाल भट्टराई र लक्ष्मण पौडेल विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL