Logo

कतार फुटबल रङ्गशालाको कडाई, चारलाख नेपाली स्वदेश फर्किन पाएनन्

कतार फुटबल रङ्गशालाको कडाई, चारलाख नेपाली स्वदेश फर्किन पाएनन्


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

जेठ १४, काठमाडौं । सन् २०२२ मा आयोजना हुने विश्वकप फुटबलको आयोजनाको जिम्मा पाएको कतारले रङ्गशाला निर्माणमा खटिएका भूकम्पप्रभावित नेपालीलाई स्वदेश फर्कन अनुमती दिएको छैन ।

भूकम्पबाट अतिप्रभावित क्षेत्रका नेपाली कामदारको आग्रहलाई समेत अहिलेसम्म कतार सरकारले स्विकार गरेको छैन । रङ्गशाला निर्माणमा खटिएका १५ लाख कामदारमध्य ४ लाख नेपाली त्यहाँ रहेको तथ्याङ्क छ ।

श्रम तथा रोजगार मन्त्रालयले नेपालीलाई फिर्ता गर्ने विषयमा कतार सरकारसँग आधिकारीक छलफल गर्ने भनेपनि यस विषयमा कुनै कामकारवाही अगाडी बढेको छैन ।

पीडामा रहेका कामदारले समेत स्वदेश फिर्ता हुन नपाएका विश्व फुटबल महासङ्घ(फिफा)को अहिले सर्वत्र आलोचना भइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL